यस्तो छ नेपाल–चीन सैन्य अभ्यासको तयारी

 

काठमाडौं, पुस २१ । चिनियाँ जनमुक्ति सेनाले आगामी २८ माघमा संयुक्त सैन्य अभ्यास गर्ने प्रस्ताव गरेको छ । गत साता काठमाडौं आएको चिनियाँ सेनाको टोली र नेपाली सैनिक अधिकारीको बैठकमा चीनले उक्त मिति प्रस्ताव गरेको हो । स्रोतका अनुसार प्रस्तावित मितिमा नेपाली सेनाले सहमति जनाएको छ । तर, चिनियाँ सेनासँग अर्को बैठकमा सैन्य अभ्यासको मिति, स्थान र प्रक्रियाको औपचारिक निर्णय हुनेछ । यद्यपि दुवै पक्षले सैन्य अभ्यास हुने दिन र स्थानबारे औपचारिक घोषणा गरेका छैनन् ।

 

पहिलोपटक उत्तरी छिमेकीसँग नेपालको संयुक्त सैन्य अभ्यास हुँदै छ । ‘छिमेकी र उदाउँदो शक्तिराष्ट्रसँग सैन्य अभ्यास राख्नु कूटनीतिक र सामरिक सन्तुलनका लागि यो अर्थपूर्ण छ, यो राष्ट्रहितका पक्षमा छ,’ सामरिक मामिलाविज्ञ गेर्जा शर्मा वाग्लेले भने, ‘भारत यसमा उत्तेजित वा प्रतिक्रियात्मक हुनु आवश्यक छैन ।’ १४ पुसमै चिनियाँ घोषणा चीनले १४ पुसमा नेपाली सेनासँग सैन्य अभ्यास हुने औपचारिक घोषणा गरेको थियो ।

 

बेइजिङमा आयोजित पत्रकार सम्मेलनमा चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता यान याजुनले सन् २०१७ को सुरुमै सैन्य अभ्यास हुने बताए पनि मिति तोकेका थिएनन् । उनको भनाइ थियो, ‘आपसी सम्मान, समानता, लाभका लागि बहुआयामिक सैनिक कार्यमार्फत सेनाको क्षमता अभिवृद्धि गर्न तथा आदानप्रदान तथा सहकार्यका लागि हामीले काम गर्दै आएका छौँ, निकट भविष्यमा प्रारम्भिक सञ्चारसँग सम्बन्धित विषयमा दुईपक्षीय सैन्य अभ्यास गर्दै छौँ ।’ के भन्छन् विज्ञ ? स्वाभाविक हो, सार्क मुलुकसँग पनि हुनुपर्छ विनोज बस्न्यात, पूर्वउपरथी यस्तो खालको संयुक्त सैन्य अभ्यास नेपाली सेनाका लागि महत्वपूर्ण अवसर हो । समाचार आजको नयाँ पत्रिकाले छापेको छ ।

 

आतंकवाद, प्रतिविद्रोह र प्रकोप व्यवस्थापनजस्ता विषय अहिले संसारका साझा हुन् । परिवर्तित परिप्रेक्ष्यमा यस्ता साझा चुनौतीलाई एक्लाएक्लै होइन, सबै मिलेर सामना गर्नुपर्छ । त्यसका लागि यस्तो सैन्य अभ्यासबाट अनुभव आदानप्रदान हुन्छ । यसबाट द्विपक्षीय तथा बहुपक्षीय सैन्य सम्बन्ध सुदृढ हुन्छ । सैन्य कूटनीतिक क्षेत्रको विस्तार हुन्छ । नेपाली सेनाको कूटनीतिक परिपक्वता पनि अभिवृद्धि हुन्छ । राष्ट्रहरूबीच आत्मीय विश्वास र समझदारी बढाउन मद्दत पुग्छ । अमेरिका र भारतसँग हामीले संयुक्त अभ्यास गरिरहेका छौँ । बहुपक्षीय सैन्य अभ्यास संयुक्त राष्ट्रसंघमार्फत भइरहेको छ । हामी पनि सहभागी हुन्छौँ, अरू देशहरू नेपालमा पनि आइरहेका छन् । अब दक्षिण एसियाका अन्य मुलुकसँग पनि हामीले संयुक्त अभ्यासका लागि प्रयास गर्नुपर्छ । –

 क्याटेगोरीः