‘मौलिक संस्कृतिसंरक्षणगर्न मगर समुदाय एक हुनुपर्ने ’


इसमता संवाददाता
बुटवल, साउन २३ । मौलिक संस्कृति संरक्षण र प्रवद्र्धन गर्नको लागि मगर समुदाय एक हुनुपर्नेमा जातीय संस्कृतिका अभियन्ताहरुले जोड दिएका छन् ।
शानिबार नेपाल मगर संघ ईकाइ समितिको १४ औं अधिवेशनबुटवल–१४ बेलबालपितृ थानमाभएको कार्यक्रममाबोल्दै बक्ताहरुले यस्तो भनेकाहुन् । उनीहरुले पछिल्लो समयमा मगर समुदायहरु आफ्नो भेष, भुषा, रितीरिवाज, धर्म, प्रथा परम्परालाई विर्सिदै गएको भन्दै अबपूर्वजहरुले कोरेको वाटोलाई हामीनयाँ पुस्ताले भुल्ननहुने कुरामाजोड दिए ।

 
अधिवेशनकार्यक्रममा नेपाल मगर संघ नगर अध्यक्ष गोपाल चौहानले मगर समुदायहरु आफ्नो भाषाधर्म संस्कृति भुलेको भन्दै यसलाई संरक्षण गर्न सवै मगर समुदाय एक जुट हुनपर्नेमाजोड दिए । उनले – ‘हामीआफ्नो पहिचानखोजेका छौं मगरातहाम्रो पहिचानहो ।’ भने, मगरात मगर समुदायको एतिहासिकपहिचान रहेको भन्दै मगरातप्रदेश हुनुपर्नेमा जोडदिए। उनले मगरात कुनै जातिय राज्य नरहेकोभन्दै यो एतिहासिक पहिचान रहेको स्पष्ट पारे ।
कार्यक्रमा नेपाल मगर संघ पूर्व इकाई अध्यक्षतथा सल्लाहकारहरु केश बहादुर श्रीस, बल बहादुर थापा, दलबहादुर पुन, दलबहादुर थापा, जंङ्गबहादुर श्रीस, हेम बहादुर राना, तमु ह्युला छोंजधी राष्ट्रिय परिषद्काइकाई अध्यक्ष झलबहादुर गुरुङ्ग, नेपाल मगर बौद्ध सेवा समितिइकाई अध्यक्ष रीमानश्रीस लगायले बोलेका थिए ।
अधिवेशन कार्यक्रम शेर बहादुर पुनको अध्यक्षता, वरिष्ठ उपाध्यक्षतारा प्रसाद बुढथोकीको स्वागत र सचिवलिलकुमार रानाको संचालनमा सम्पन्न भएको थियो भने कार्यक्रममा अध्यक्ष शेर बहादुर पुनले अध्यक्षको प्रतिवेदन पेश गरेका थिए, त्यस्तै मगर संघ इकाई कोषाध्यक्ष केशर बहादुर थापाले आर्थिक प्रतिवेदन पेश गरेका थिए । साथै उक्त कार्यक्रममा नेपाल बौद्ध सेवा समितिका कोषाध्यक्ष प्रतिवेदनपेश गरेका थिए ।
उक्त अधिवेशन कार्यक्रममा एस.ई.ई माउत्कृष्ट अंकाप्राप्त गरेका मगर समुदायका रोजिन थापा, विनिता आले मगर, मोहान थापालाई प्रशंसापत्र दिएर सम्मान समेत गरिएको थियो ।
कार्यक्रम नेपाल मगर संघ वडा इकाई समिति बुटवल उपमहानगर पालिकाले आयोजना गरेको गरेको थियो ।
कमल चौधरीबाट

 क्याटेगोरीः आदिवासी जनजाति