मोना पोर्चुगल नया वर्ष भलिवल प्रतियोगितामा बाग्लुङ समाज पहिलो


इसमता संवाददाता

लिस्वन्, चैत ३० । नयाँ वर्ष २०७४को अवसर पारेर मोना पोर्चुगलले राजधानी लिस्वनमा आयोजना गरेको पुरुष तथा महिला भलिवल प्रतियोगितामा बाग्लुङ समाज्, पोर्चुगल र मगर समाज पोर्चुगल पहिलो भएका छन् ।

 राजधानी लिस्वन स्थित स्थानिय खेल मैदानमा सम्पन्न भ्एको उक्त पुरुष तथा महिला भलिवल प्रतियोगितामा पुरुष तर्फ मोना पोर्चुगल, बाग्लुङ समाज, बुर्तिबाङ र जलजला पर्वत, मगर समाज, नाङ्लिवाङ पर्वत र जम्वुजेरा पोर्तुगल गरी सात टिमले सहभागी जनाएका थिए ।

राती अबेरसम्म चलेको उक्त उक्त खेलको फाइनल खेल बाग्लुङ समाज र बुर्तिवाङ बिच राती अवेर सम्म भएको थियो ।

यी दुई प्रतियोगी टिम बिच निक्कै रोमान्चकारी खेल पुरै पाच सेटमा पुरा गरी बाग्लुङ समाज मोना नयाँ वर्ष टुर्नामेन्ट खेलको उपाधी जित्न सफल भएको थियो भने दोस्रो बुर्तिवाङ टिम भएको थियो ।

मोना पोर्चुगलका सस्थपक अध्य्क्ष तथा सरक्षक मान पुर्जा , वर्तमान मोना पोर्चुगलका अध्य्क्ष कुमार राम्जालि, एन आर एन पोर्चुगलका अध्य्क्ष भिम केसी कमल तथा एन आर एन पोर्चुगलका पुर्व आई सि सि सदस्य पुर्ण हमालले सन्युक्त रुपमा बिजेता खेलाडी हरुलाई पुरस्कार वितरण गरिएको थियो ।

बेस्ट प्लेयर पुरुष तर्फ रोशन गुरुङ र महिला तर्फ शर्मिला पुन मगर घोषित भएका थिए भने कुबिर मल्ल तथा रास्ट्रीय रेफ्री नारायण काजी थापा रहेका थिए ।

महिला तर्फ कुल ६  टिम सहभागी भ्एका थिए भने मगर समाज पहिलो र मोना पोर्चुगल दोस्रो भ्एका थिए । 

वाई वी तमुबाट

 क्याटेगोरीः खेलकूद