मिडिया पिनाकल फुटसल कप हुने

इसमता संवाददाता

काठमाडौं, साउन ६ । स्वर्गीय पत्रकार सूर्यकुमार क्षेत्रीको सम्झनामा आगामी साउन २६, २७ र २८ गते सूर्यकुमार क्षेत्री दोश्रो राष्ट्रिय अन्तर मिडिया पिनाकल फुटसल कप–२०७४ आयोजना हुने भएको छ ।

खेल क्षेत्रको विकाससँगै स्वर्गीय पत्रकार क्षेत्रीको परिवारलाई सहयोग गर्ने उद्देश्यका साथ फुटसल कप आयोजना गर्न लागिएको आयोजक गोलपोष्ट स्पोट्स एन्ड ट्रेनिङ सेन्टरले शुक्रबार रिपोटर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दे जानकारी दिएको छ ।

प्रतियोगिता, आयोजक संस्था गोल पोष्ट स्पोट्र्स एन्ड ट्रेनिङ सेन्टरको फुटसल मैदान ललितपुरको भैंसेपाटीमा हुने आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन साउन २६ गते विहान ८ बजेबाट भैसेपाटीस्थित फुटसल मैदानमा हुनेछ ।

प्रतियोगितामा प्रथम हुने टिमलाई रु ५०, ०००। नगद पुरस्कार सहित प्रमाणपत्र र शिल्ड प्रदान गरिने छ भने द्धितिय हुने टिमलाई रु २५ हजार सहित प्रमाणपत्र र शिल्ड प्रदान गरिने छ ।

त्यस्तै फेयर प्ले टिमलाई पनि पुरस्कार प्रदान गरिने छ । प्रतियोेगितामा काठमाडौं उपत्यकामा रहेका सबै सञ्चार माध्यमहरुले भाग लिन सक्ने आयोजकले जनाएको छ ।

 क्याटेगोरीः खेलकूद