मानसिक स्वास्थ्य नीति तयार


इसमता संवाददाता

काठमाडौ, चैत २७ । स्वास्थ्य मन्त्रालयले राष्ट्रिय मानसिक स्वास्थ्य नीति तयार गरेको छ । ’मानसिक समस्याका बारेमा खुलेर कुरा गरौ’ भन्ने मुल नाराका साथ अन्तर्राष्ट्रिय स्वास्थ्य दिवसका अवसरमा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले काठमाडौमा आयोजना गरेको कार्यक्रममा स्वास्थ्य मन्त्री गगनकुमार थापाले मन्त्रालयले मानसिक स्वास्थ्य नीति बिहीबार तयार गरि मन्त्रिपरिषद लैजाने तयारी गरिसकेको जानकारी दिनुभयो ।

नयाँ संविधानमा आत्मसम्मपनपुर्वक बाँच्न पाउने अधिकार र मानसिक रुपले स्वस्थ रहन पाउने मौलिक अधिकारको व्यवस्था भएकाले पनि सरकारले छुट्टै नीति नै बनाएर लागु गर्न लागेको मन्त्री थापाले बताउनु भयो । नेपालमा लगभग २० लाख बालबालिका तथा किशोरकिशोरीहरु मानसिक स्वास्थ्य समस्याबाट प्रभावित भएको अनुमान गरिएको छ । १५ देखि ४९ बर्र्षका प्रजनन उमेर समुहका महिलाहरुको मृत्युको पहिलो कारण आत्महत्या हो भन्ने विभिन्न तथ्यांकहरुले देखाएका छन् ।

सवै नागरिकहरुको मानसिक स्वास्थ्य तथा मनोसामाजिक सुस्वास्थ्यको सुनिश्चितता गरी उत्पादनशील र गुणस्तरीय जीवनयापन गर्न सक्षम बनाउने परिदृष्यका साथ ल्याइएको राष्ट्रिय मानसिक स्वास्थ्य नीति २०७३ का पाँच ओटा प्रमुख नितिहरू रहेका छन् ।
जीवन भण्डारीबाट

 क्याटेगोरीः स्वास्थ्य