मोरङमा माके र ससफोबीच चुनाबी तालमेल

फिपराज बेघा
मोरङ  असार ४। जिल्लाको ४ वटा स्थानीय तहमा माओवादी केन्द्र र संघीय समाजवादी फोरमबीच तालमेल गरेर चुनाबी जाने भएको छ ।
देशकै मूख्य केन्द्र मानिएको विराटनगर महानगरपालिका, कटहरी गाउँपालिका, धनपालथान गाउँपालिका र रतुवामाई नगरपालिकामा मिलेर चुनाबी उम्मेदवारी दिने सहति भएको ससफोका नेता भूराज राईले जानकारी दिनुभएको छ । सहमति अनुसार विराटनगरको प्रमुख उमेश यादब (ससफो, नेपाल), र उपप्रमुख नमिता न्यौपाने –माओवादी केन्दं) उठ्ने भएका छन् । धनपालथानमा अध्यक्षमा माओवादी र उपाध्यक्षमा ससफो, रतुवामाई नपाको प्रमुखमा माओवादी र उपप्रमुखमा ससफोको तर्फबाट उम्मेदवारी दिने भएको छ ।
महानगरसँगै जोडिएको कटहरीमा अध्यक्षमा ससफो र उपाध्यक्षमा माओवादी ले उम्मेदवारी दिदैछन् । ससफोबाट धनपालथानको उपाध्यक्षमा हिरामति गन्गाई, रतुवाइको उप्रमुखमा नारायण ताजपुरिया र कटहरीको अध्यक्षमा श्याम मण्डलले उम्मेदवारी दिने भएको छ । माओवादीले विराटनगरबाहेक उम्मेदवारी तय गरिसकेको छैन । चारवटै स्थानीय तहको वडाहरुमा भने कुनै तालमेल नगर्ने भएको छ ।

 क्याटेगोरीः राजनीति