मलेसियामा प्रवासी थारु सेवा समाजको बैठक तथा अन्तरकृया 


इसमता संवाददाता

क्वालालम्पुर मलेशिया जेठ १ । थरुहट/थारुवान बिकासको निम्ति थरुहट पहिचानको निम्ति र थारु युवाहरुमा एकताको निम्ति स्थापना गरिएको प्रवासी थारु सेवा समाजको तेस्रो बैठक तथा अन्तरकृया भेला कार्यक्रम सम्पन्न भएको छ।

आज मलेसियाको राजधानी कोललम्पुरमा बसेको बैठकमा नवलपरासीमा बन्दै गरेको “थारु राष्ट्रिय सङग्रहालय”को लागी र टिकापुर घटनाको पिडित जेल बन्दी “लाहुराम चौधरीको घर जग्गा लिलाम” हुन बाट जोगाउन पनि थारु सेवा समाज मलेसियाले सक्दो आर्थिक सहयोग गर्ने बारे बिशेष छ्लफल गरिएको समाजका अध्यक्ष आर एन चौधरी थारुले हमार सनेश ड्टकमलाई बताए।

 

भेला कार्यक्रम संचालन संस्थाको सह-सचिब प्रजेश थारुले गरेको थियो भने मलेसियामा रोजगारीको सिलसिलामा बसि राख्नु भएका र यस् थारु सेवा समाजमा आवद्ध हुन चाहने,आउनु भएका नयाँ नयाँ सदस्यहरुलाई समाजका महिला उपाध्यक्ष सरिता चौधरीले खादा,दोसाला ओढाइ स्वागत गरेका थिए । कार्यक्रममा थारु सेवा समाजका संस्थापक अध्यक्ष आर एन चौधरी थारुले मलेसियामा बसि राख्नु भएका हरेक थारु युवा,बुद्धिजीवी,अगुवाहरुलाइ यस् संस्थामा आबद्ध भएर थारु/चौधरी र थरुहटको सेवा गर्न,लोप हुन लागेको थरुहट पहिचानलाई मलेसियामा मात्र नभइ हरेक देशमा नै थारु संघ संस्था खोल्नु पर्ने र ती सबै संस्थाले सक्दो थरुहट भुमीको रक्षा गर्नु पर्ने थारु युवाहरुलाइ एकताको क्षुत्रमा बाध्न सक्दो भुमिका खेल्नु पर्ने जोड तोडको साथ लाग्न अाग्रह गरे ।

त्यसै गरी उपाध्यक्ष तिलक थारुले अब चाहिँ आउने दिनमा यस् संगठ्नलाई अझ बलियो बनाउने र मलेसियामा रहेका हरेक थारु युवा बुद्धिजीवीहरुलाइ एकताको क्षुत्रमा बाध्न आफू सधै तत्पर रहने बताउनु भयो भने संस्थाकै महा सचिब दिपेश चौधरीले बिदेशमा भएका हरेक जातिय संस्था भन्दा यो संस्थालाई हामी सबै मिलिजुलि अग्रपङक्तिमा लान भन्नू भयो भने सचिब मनिराम थारुले आफू सधै थारु समाजको सेवामा समर्पित रहने कुरा राख्नु भयो त्यसै गरि संस्थाको बैठकमा उपस्थित अन्य बक्ताहरुले पनि थारु सेवा समाजलाई आ-आफ्नो ठाउँबाट सक्दो सहयोग गर्ने प्रतीबद्धता ब्यक्त गर्नु भयो।

साभार : घनश्याम चाैधरी

 क्याटेगोरीः आदिवासी जनजाति