भाइरल ज्वरो र झाडापखालाको संक्रमण


मौसम परिवर्तनस“गै नेपालभर नै भाइरल ज्वरो र जेआरडिया (परजीवीजन्य झाडापखला) का बिरामीहरूको संख्या ह्वात्तै बढेको छ । अहिले अस्पतालमा आउने ४० प्रतिशत बिरामीहरू भाइरल ज्वरो र झाडापखालाका छन् ।सरुवा रोग भएकाले भाइरल ज्वरो र झाडापखालाका बिरामीहरू बढेको लुम्बिनी अञ्चल अस्पतालका चिकित्सक डा. नन्दु पाठक बताउ“छन् । सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दाका निर्देशक तथा बालरोग विशेषज्ञ डा. विशेषज्ञ विनोद पराजुलीकाअनुसार अहिले घाम लाग्दा कडा घाम लाग्ने र स“गस“गै पानी पनि पर्ने भएकाले मौसमी इन्फ्लुएन्जाको संक्रमण बढेको हो । अहिलेको ज्वरो र झाडापखाला एकबाट अर्कोमा सर्ने भएकाले सामान्य सतर्कता नअपनाउ“दा अरूलाई पनि सर्ने गरेको छ । अस्पताल आउने ७० प्रतिशत बालबालिकामा भाइरल ज्वरो र झडापखलाको संक्रमण रहेको उनको भनाइ छ ।

 

भाइरल ज्वरो के हो ?

सामान्य भाषामा भन्नुपर्दा इन्फ्लुएन्जा वा फ्लु रोगलाई भाइरल ज्वरो भनेर चिनिन्छ । एक्कासि प्रारम्भ हुने ज्वरो, श्वासप्रश्वास संक्रमणका लक्षण, जीउ दुख्ने, टाउको दुख्ने लक्षणहरू देखा परेमा त्यस व्यक्तिलाई इन्फ्लुएन्जा वा भाइरल इन्फ्लुएन्जा भएको भनिन्छ । प्रायः कडा घाम र पानी पर्ने मौसममा यसले प्रकोपको रूप लिने गरेकाले यसलाई मौसमी इन्फ्लुएन्जा पनि भन्ने गरिन्छ । बदलि“दोे मौसम, वायु प्रदूषण तथा दूषित पानीका कारण भाइरलको संक्रमण ज्यादा हुन्छ । यो हावाबाट सर्ने रोग हो । यसको प्रभाव जाडो मौसममा भन्दा गर्मी मौसममा बढी रहन्छ । यो रोग भाइरस वा विषाणुका कारणबाट हुन्छ ।

भाइरल ज्वरोका लक्षणहरू

डा. नन्दु पाठकका अनुसार भाइरल ज्वरोका मुख्य लक्षणहरूमा एक्कासि ज्वरो बढ्ने र रोकिने गर्छ । चिसो महसुस हुनु, हल्का खोकी लाग्नु । घा“टी दुख्नु । हाच्छिउँ आउनु, नाकबाट पानी आउनु । टाउको, शरीर तथा हाडजोर्नी दुख्नु, हातखुट्टा सिल्का हान्नु र कमजोरी महसुस हुनु । अनुहार सुन्निनु र छाला रातो भई फोका आउनु । आ“खा रातो हुनु ।वाकवाकी लाग्ने, बान्ता आउने, पेट मडारिने, बेसुरोपना देखा पर्ने, झाडापखाला लाग्नेजस्ता लक्षणहरू पनि देखा पर्दछन् ।

कसरी सर्छ यो रोग

डा. पराजुलीका अनुसार भाइरल ज्वरो एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने एक प्रकारको सरुवा रोग हो । विशेष गरी रोग लागेका व्यक्तिको शरिरमा भएको तरल पदार्थबाट यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने गर्छ । रोगीले खोक्दा, हाच्छिउँ गर्दा, हाइ काढ्दा उसको मुख र नाकबाट निस्कने मसिना थुक, ¥याल, सिंगानका कणहरूबाट वातावरणमा यसका भाइरस निस्कन्छन् र नजिकै बसेको मानिसले सास फेर्दा यो भाइरस सर्दछ । यसका साथै बिरामीसँग हात मिलाउ“दा, बिरामीले प्रयोग गरेका रुमाल, कलम आदिबाट पनि रोग सर्दछ । हावामा खेलिरहेका विषाणुहरू श्वासप्रश्वासका क्रममा नाकको माध्यमबाट मानिसको शरीरमा पुग्छ । भाइरसको प्रवेशसँगै नाक चिलाउने र नाक दुख्ने हुन्छ । जब भाइरस घाँटीमा पुग्छ अनि घाटी खसखस गर्छ । अनि त्यो अन्तिममा फोक्सोमा पुगेपछि खोकी लाग्न थाल्छ । भाइरलको प्रवेशसँगै नाकबाट हाच्छिउँ आउने, रुघा लाग्ने, नाकको स्वर फेरिने, घाँटीमा अप्ठ्यारो पर्ने, स्वर बिग्रने गर्छ । फोक्सोमा पुगिसकेपछि भाइरस रगतमा मिसिन्छ र शरीरका सम्पूर्ण भागमा फैलिन्छ । रगतमा फैलनासाथ मानिसमा ज्वरो आउँछ । ज्वरो आउँदा शरीरमा तातो हुन्छ । किनकि ताप निकाल्न शक्ति चाहिन्छ । शरीरमा रहेको शक्ति ज्वरो निकाल्नमा खर्च हुने भएपछि शरीरको प्रतिरोधात्मक शक्ति कमजोर हुने र भाइरसको शक्ति बलियो हुन्छ । ७२ घन्टा देखि पाँच दिनसम्म बढी क्रियाशील हुने भाइरल त्यसपछि आफसेआफ हराएर जान्छ ।

कसरी लाग्छ झाडापखला

डा. पराजुलीका अनुसार गर्मी मौसममा तापक्रम बढी हु“दा रोग सार्ने कीटाणु बढी सक्रिय हुन्छन् । गर्मीयाममा खानेकुरा तथा पानीमा रोगका किटाणुले छिट्टै समात्छ । लामो समय नछोपेको खाना, ढल मिसिएको र फोहोर पानी खाँदा झाडापखाला सार्ने कीटाणुले सीधै पेटमा असर गर्छ । भाइरलमै पनि झाडापखाला हुन्छ, तर झाडापखाला लाग्ने प्रमुख कारण सडेगलेका खानेकुरा तथा दुषित पानी हो भने झिँगाका माध्यमबाट यो रोग सर्ने गर्छ ।

संक्रमण नियन्त्रण गर्ने उपाय

डा. पाठक भन्छन्– ‘यो रोग फैलिनमा नियन्त्रण गर्न रोगीले खोक्दा हाच्छिउँ गर्दा रुमाल वा रुमाल नभएको अवस्थामा आफ्नो हातले नाक, मुख छोप्ने । संक्रमित मासिनले मास्कको प्रयोग गर्नु उपयुक्त हुन्छ । ताकि हाच्छिउँ गर्दा, खोक्दा उसको रोग अन्य व्यक्तिमा प्रवेश गर्ने कम सम्भावना हुन्छ । बारम्बार हात धुने र हात सफा राख्ने । सफा पानी पिउने । ताजा र सफा खानेकुरा खाने । बिरामी मानिससित कुरा गर्दा कमसेकम एक मिटरको दूरीमा बस्ने । रोगीलाई रोग निको नभएसम्म बेग्लै राख्ने जस्ता उपायहरू अपनाउन सकिन्छ ।

डराउनुपर्दैन

डा. नन्दु पाठक भन्छन्– ‘गत वर्षझैं यस वर्ष पनि भाइरल ज्वरोको सङ्क्रमण बढेको छ । अस्पताल आउने करिब ४० प्रतिशत बिरामीहरू भारइल ज्वरोका छन् । अहिलेको भाइरल गम्भीर खालको नभएकाले डराउनुपर्दैन, तर सजग रहनु भने आवश्यक छ । सामान्य अवस्थामा भाइरल ज्वरो तीन दिनमा निको हुने गर्छ । ज्वरो ठीक भए पनि एक हप्तासम्म दुर्बलता तथा खोकी रहिरहन सक्छ । परिवारको एक सदस्यलाई भारइल ज्वरो आई निको भई अर्को सदस्यलाई भाइरलले आक्रमण गरेको छ भने आत्तिनुपर्दैन । तर, ज्वरोस“गै बान्ता भएको छ, बेसरी टाउको दुखेको छ, सास फेर्न कठिन भएको छ र बिरामी बेसुरो देखिएको छ भने तुरुन्त अस्पताल वा स्वास्थ्य केन्द्रमा सम्पर्क राख्नुपर्छ ।’

घरमै उपचार

यो रोग लाग्दा देखापर्ने सामान्य लक्षणहरूजस्तै ज्वरो आउनु, थकान लाग्ने, जीउ दुख्ने, खोकी लाग्ने, घाँटी दुख्ने, नाक बन्द हुने आदि सामान्य लक्षणहरूको व्यवस्थापन घरैमा गर्न सकिन्छ । यसका लागि प्रशस्त मात्रामा मनतातो पानी पिउने, बासी तथा चिसो पदार्थ सेवन नगर्ने, चिसोबाट बच्ने । तातोपानीको बाफ लिने, नुनपानी तथा बेसारले कुल्ला गर्ने तथा एक चम्चा मह, आधाआधा चम्चा तुलसीको पातको रस र आधा चम्चा अदुवाको रस मिलाएर बिहान, दिउ“सो तथा सा“झ दिनको तीनपटक सेवन गर्नेजस्ता घरेलु उपचार गर्न सकिन्छ । ज्वरो र जीउदुखाइ कम पार्न पारा सिटामोल पनि दिन सकिन्छ । यसले ज्वरो आउन खर्चिने शरीरको शक्ति बचत हुन्छ । त्यसले छिटो भाइरसलाई हराउन मद्दत पु¥याउँछ । यति गरेमा यसको आफैं निको भएर जान्छ । तर, चिकित्सकको सल्लाहविना ज्वरो घट्ने औषधि, शरीर दुख्यो भनेर पेनकिलर र एन्टिबायोटिक लगायतका औषधिखाने गर्नुहु“दैन । यस्तो गर्दा रोग झन् बल्झिने खतरा हुन्छ ।

डा. पराजुली भन्छन् – इन्फ्लुएन्जा भई ज्वरो आएको वा झाडापखाला भएको व्यक्तिलाई प्रशस्त मात्रामा झोल खानेकुरा दिएर जलवियोजन हुनबाट जोगाउनुपर्दछ । बिरामीलाई साबिकबमोजिमको खानेकुराका अतिरिक्त थप पोसिलो खानेकुरा तथा झोलिलो खानेकुरा पनि खुवाउनु पर्दछ । आमाको दूध खाने बालक भएमा साबिकभन्दा बढी मात्रामा दूध चुसाउनुपर्दछ ।

चिकित्सा आवश्यक

यस रोगका सामान्य लक्षणहरूको घरमै उपचार गर्न सकिए पनि जटिलता देखिनेबित्तिकै स्वास्थ्य संस्थामा लगेर उपचार गर्नुपर्दछ । उच्च जोखिममा रहेका समूहजस्तै गर्भवती महिला, बालबालिका, वृद्ध व्यक्ति, दीर्घरोगी तथा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरूको निगरानी निकटताबाट गरिनुपर्दछ । कसैमा पनि निमोनिया वा ब्रोंकाइटिसका लक्षण, चिह्न देखिए, कडा जलवियोजन भएमा वा व्यक्ति गम्भीर रूपले बिरामी भएमा तुरुन्त नजिकैको स्वास्थ्य संस्थामा लैजानुपर्दछ ।

सास फेर्न गाह्रो हुनु, चाँडोचाँडो सास फेर्नु, ओठ र अनुहार नीलो देखिनु, खोकीमा रगत देखिनु, बोल्न नसक्नु वा अरूले बोलेको नबुझ्नु,छाती बेसरी दुख्नु, कम्पन हुनु, राम्रो भएर फेरि रोगले च्याप्नुजस्ता लक्षणहरू खतराका चिन्हहरू हुन् । दुई महिनाभन्दा साना नानीहरूमाइन्फ्लुएन्जा भए वा इन्फ्लुएन्जा भएको कुनै व्यक्ति सिकिस्त बिरामी भए त्यो पनि खतराको निसानी हो ।

राजधानी दैनिकबाट

 क्याटेगोरीः स्वास्थ्य