ब्रिटिश संसद् भवनबाहिर आक्रमण


इसमता संवादाता

काठमाडाैं चैत १० । मध्य लण्डनस्थित संसद् भवन बाहिर एकजना प्रहरी अधिकारीलाई धारिलो हतियार प्रहार गरेर आक्रमण गरिएको ब्रिटिश प्रहरीले बताएको छ। ब्रिटेनको संसद् भबनबाहिरको आक्रमण पछि मारिनेहरुको संख्या चार पुगेको प्रहरीले जनाएको छ।

बीबीसीले जनाए अनुसार  पोर्टकलिस हाउसको अगाडि गोली चलाइएको थियाे । प्यालेस अफ वेस्टमिनिस्टरभित्र धारिलो हतियार बोकेका एकजना मानिसलाई देखेको प्रत्यक्षदर्शीले बताएका छन्। ती क्षेत्रमा आवागमन निषेध गरिएको छ।

बु्धबार दिउँसो ब्रिटेनको संसद् भवनबाहिर वेस्टमिनस्टर पुलमा एकजना व्यक्तिले नियतवश पेटीमा हिँडीरहेका मानिसहरुमाथि मोटर लगेर जोताएका थिए।

पछि ती व्यक्तिले मोटरबाट निस्केर संसद भवनको सुरक्षा गरिरहेका प्रहरीमाथि चक्कु प्रहार गरेको प्रत्यक्षदर्शीहरुले बताए। लगत्तै ती आक्रमणकारीमाथि सशस्त्र प्रहरीले गोली चलाएको थियो। लण्डनको मेट्रोपोलिटन प्रहरीका कार्यवाहक उपकमिश्नर मार्क राउलीले बीसजना मानिसहरु घाइते भएका बताए।

केही मानिस घाईते भएको बताइएको छ र घाइतेमध्ये एकजना प्रहरी र संदिग्ध आक्रमणकारी रहेको बताइएको छ। एउटा गम्भीर घटनापछि एकजना सन्दिग्ध आक्रमणकारीलाई सशस्त्र प्रहरीले गोली हानेको सांसदहरुलाई जानकारी दिइएको थियो। सांसदहरुले ‘तीन वा चार राउण्ड’ गोली प्रहार भएको सुनेको बताएका थिए।

इन्डिपेन्डेन्टका राजनीतिक सम्पादक टम पेकले ट्विटरमा लेखेका छन्, “ठूलो आवाज सुनियो। चिच्याहट। अन्योल। त्यसपछि गोलि चलेको आवाज। चारैतिर सशस्त्र प्रहरी छन्।”

 क्याटेगोरीः विश्व