ब्याडमिन्टन प्रतियोगिताको उपाधि बेलबारीले चुम्यो


इसमता संवाददाता

राजघाट, मंसिर ६ । मोरङको उर्लावारी मंगलबारे अस्पतालको प्राङगणमा उर्लावारी मंगलबारे ब्याडमिन्टन संघ र मंगलबारे युवा समाजको आयोजनामा दुई दिवसीय प्रथम खुल्ला ब्याडमिन्टन प्रतियोगीतामा मोरङको बेलबारी प्रथम भएको छ ।

नयाँ खेलाडी उत्पादन साथै मंगलबारे अस्पतालमा रहेको बेवारिसे विरामीको सहयोगार्थ स्थानिय क्लबहरुको संयुक्तमा आयोजना गरिएको हो । प्रतियोगीतामा जम्मा २३ टिमको सहभागिता रहेको थियो भने २१ वटा टिमलाई उछिन्दै मोरङको बेलबारी र झापाको दमक फाइनल प्रवेश गरेको हो । बेलवारीबाट बिकास श्रेष्ठ र निरज गुरगाई रहेका थिए भने दमकबाट बिष्णु अधिकारी र सोम तामाङ रहेका थिए । विजेताले नगद रु पन्द्र हजार सहित ट्रफि र प्रमाणपत्र पुरस्किृत साथै सम्मान पाएको थियो भने उपविजेतालाई नगद रु दश हजार सहित ट्रफि र प्रमाणपत्र पुरस्कारका साथै सम्मान गरिएको थियो । त्यस्तै सेमिफाइनल खेल सम्म पुग्न सफल पहिलो बेलडाँगी र दाश्रो सितापुरी टिमलाई समेत ट्रफि र प्रमाणपत्र पुरस्किृत सहित सम्मान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि नेपाल ब्याडमिन्टन महासंघका उपमहासचिव लवभक्त श्रेष्ठ रहेका थिए । त्यस्तै विशिष्ठ अतिथि उर्लावारीका स्थानिय समाजसेवी भोलामान श्रेष्ठ रहेका थिए त्यस्तै अतिथिहरुमा न्यानो अभियान टिमका पुर्ण सिंघक लिम्बु, उर्लावारी प्रहरी कार्यालयका प्रमुख राजकुमार राई लगायत स्थानिय समाजसेवि, बुद्धिजीवि, व्यवसायी रहेका थिएभने उर्लाबारी मंगलबारे व्याडमिन्टन संघका सदस्य तथा मंगलबारे युवा समाजका अध्यक्ष संजिव बुढाथोकीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

विजय धिमालबाट

 क्याटेगोरीः खेलकूद