बेलायतमा थिर थापाको एकल सांगीतिक कार्यक्रम सम्पन्न


रोशन मेवाहाङ्
लण्डन, पौष २८ । लण्डन नजिकैको जिल्ला केन्टस्थित आसफोर्ड सहरको  नेपाली रेष्टुरेन्ट गोर्खा भिल्लामा विश्व नेपाली साहित्य महासङ्घ शाखा बेलायतको आयोजनामा गायक थिर थापाको एकल सांगीतिक कार्यक्रम सम्पन्न गरियो ।
 
कार्यक्रमको प्रारम्भमा विश्व नेपाली साहित्य महासंघका केन्द्रीय अध्यक्ष साहित्यकार विश्वास दिप तिगेलाले प्रमाणपत्र साथै दोसल्ला दिएर सम्मान गरेका थिए । त्यसै गरि महासंघ साउथ शाखा बेलायतका अध्यक्ष वातावरणविद तथा साहित्यकार विजय हितालले दोसल्ला अोडाएर सम्मान गरिएको सत्रमा विभिन्न ठाउँहरुबाट उपस्थिति रहेका बृद्ध बृद्धा लगायत गायकका अामा ८५ बर्षिय बृद्धा फिस्टिमाया थापाले गायक थापालाई अाशिर्वाद दिएकी थिईन् ।
 
एकल सांगीतिक कार्यक्रमलाई पत्रकार जानुका राईले मनोरञ्जनात्मक मुक्तक वाचन गर्दै  कार्यक्रमलाई अघि सारेकी थिईन् ।
 
केन्ट,आसफोर्ड सहरको नेपाली रेष्टुरेष्टमा शुरु गरिएको सुगमसंगीतको कार्यक्रममा पहिलो चरणमा अग्रज गायकहरुको सम्झना गर्दै स्वः गायक  गोपाल योन्जनले गाउनु भएको ‘घर त मेरो हिमाली पाखा वेशि हो रे’ ‘ सान नानीको गालैमा कालो  कोठि’, ‘ फगत एक नजर’, ‘ जुनि भरि लाई’ , ‘ खोला वारि खोला पारी’ सिरिमा सिरि नी कान्छा’ लगायत डेढ दर्जन भन्दा धेरै गीतहरु प्रस्तुति दिएर उपस्थित दर्शकलाई भरपुर मनोरन्जन दिएका थिए । 
 
उक्त कार्यक्रमको दोस्रो चरणमा गायक मोहन लिम्वुले ‘खोटाङ बजार ‘ बोलको गीत प्रस्तुत गरेका थिए । संघका उपाध्यक्ष अाैतारी साईलाले ‘भुकम्प ‘ नामक कविता बाचन लगत्तै  साहित्यकार सुष्मा रुपावुङ राईले प्रदेशी भुमिमा रहेपनि गाउँ घरको यादहरुलाई कविता बाचन मार्फत सम्झना पुर्‍याएकी थिईन् ।
????????????????????????????????????

????????????????????????????????????

 

 क्याटेगोरीः प्रवास