बफादारलाई जिताउन संघर्ष समिति र घेदुङको अपील


इसमता संवाददाता

काठमाडाैं बैशाख २८ । ताम्सालिङ संयुक्त संघर्ष समिति तथा नेपाल तामाङ घेदुङ ले प्रतिगामी शक्तिहरुसँग सचेत हुँदै ताम्सालिङप्रति प्रतिवद्ध र गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता, समानुपातिक समावेशी ब्यवस्थाप्रति बफादार उमेदवारहरुलाई जिताउन अपील गरेको छ ।

समिति तथा घेदुङले तामाङ मतदाताहरुका नाममा आज एक अपील प्रकाशित गरीे यतिबेला हामीले एकातिर स्थानीय सत्तामा हाम्रो प्रतिनिधित्व बढाउन बढी भन्दा बढी तामाङ उमेदवारहरुलाई जिताउने भूमिका खेल्नुपर्नेछ भने अर्कोतर्फ हाम्रो माग र मुद्दाप्रति बाधक शक्तिहरुको पहिचान पनि गर्नुपर्ने भएको जनाएको छ ।

अपीलमा भनिएको छ — “किनकि संविधानसभाबाट २०७२ मा जारी संविधानमा ताम्सालिङ पहिचान र अधिकारको सुनिश्चितता भएन । यो संविधानले बिगतमा सरकार र ताम्सालिङ संयुक्त सङ्घर्ष समिति तथा आदिवासी जनजाति बीच भएको सहमति÷सम्झौता र जनयुद्ध, जनआन्दोलनको जनादेशलाई गणितको बलमा कुल्चने काम ग¥यो । त्यसैगरी स्थानीय तहको पुनसंरचनामा समेत तामाङ भूगोल टुक्र्याउने, तामाङ ऐतिहासिक नामहरु मेटाउने काम गरिएका छन् ।”

विगतमा हामीले अमूल्य मतको महत्वलाई बुझ्न नसकेर विरोधीलाई विश्वासको मत दिँदा हाम्रो यो अवस्था भयो भन्दै सत्तामा प्रतिनिधित्व र पहुँच स्थापित गराउन नसकेर राजनीतिक, सामाजिक, साँस्कृतिक, शैक्षिक, आर्थिक रुपले तामाङ जीवन डमाडोल भएको निष्कर्ष पनि अपिलले निकालेको छ ।

पार्टीको नाममा अरुको पछि लाग्दा आफ्नो मुख्य समुदायलाई त कतै भुलिरहेका छैनौ, मत हाल्नु अघि एकपटक बिचार गर्नुहोस् अपीलमा भनिएको छ ।

 क्याटेगोरीः आदिवासी जनजाति