फिटनेश सप्लिमेण्ट स्टोर सञ्चालनमा

इसमता संवाददाता
काठमाण्डौ, फागुन १ । विगत ४ वर्षदेखि शारीरिक सुगठन सम्वन्धि प्रशिक्षण दिँदै आएको प्रशिक्षण संस्था फिटनेश फस्र्टको १५ लाख रुपैयाँको लगानीमा शनिबारदेखि कालीमाटी चोकमा शारीरिक सुगठनको लागि आवश्यक पर्ने प्रोटिन, डायट लगायतका सम्पूर्ण उपभोग्य सामग्रीको विक्री कक्ष फिटनेश सप्लिमेण्ट स्टोर सञ्चालनमा आएको छ ।

फिटनेश फस्र्टका सञ्चालक एवम् प्रशिक्षकहरु लक्ष्मण भट्ट, विनोद बज्राचार्य, बुद्धिजङ्ग कार्की तथा निरेन शाही सहितको समुहले काठमाण्डौको पश्चिम भेगका शारीरिक सुगठनका प्रशिक्षार्थीलाई लक्षित गरि सो स्टोर सञ्चालनमा ल्याएका हुन् ।

नेपाल शारिरीक सुगठन संघका अध्यक्ष राजेशबाबु श्रेष्ठ सहितका पदाधिकारीहरुको उपस्थितिमा शारीरक सुगठनमा स्वर्णपदक जितेका मिस्टर एशिया महेश महर्जनले सो स्टोरको उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा संघका उपाध्यक्ष दिनेश राजभण्डारीले स्टोरमा उपलब्ध सामागीहरुको बारेमा जानकारी गराएका थिए ।

ढुंगेअड्डा कलंकीमा स्थापना भई सञ्चालनको ४ वर्षको अन्तरालमा फिटनेश फस्र्टको सतुंगल र थानकोटमा शाखा विस्तार गर्नुका साथै चौथो शाखाको रुपमा पहिलोपटक फिटनेश सप्लिमेण्ट स्टोर सञ्चालनमा ल्याएको फिटनेश फस्र्टका सञ्चालक एवम् प्रशिक्षक लक्ष्मण भट्टले बताए ।

 क्याटेगोरीः खेलकूद