प्रेस काउन्सलको पुनःसंरचनाको गृहकार्य शुरु


 

इसमता संवाददाता
ललितपुर असार ४। नेपाल प्रेस काउन्सिलका नवनियुक्त अध्यक्ष भवानी बरालले काउन्सिलको पुनःसंरचना गर्ने गृहकार्य शुरु भएको बताउनुभएको छ ।
शुक्रबार ललितपुरमा आयोजना गरेको मातृभाषाको पत्रकारिता चुनौती र अवसरको सन्र्दभमा नेपाल भाषाको पत्रकारिताको अवस्था विषयक अन्र्तक्रिया र अध्यक्ष बराललाई स्वागत तथा बधाई कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो ।
अहिले प्रेस काउन्सिललाई राज्यको एक संयन्त्रको रुपमा राखिएको छ । यसले गर्दा पत्रकारिताको विकासको लागि आमुल परिवर्तन हुने गरी काम गर्ने सक्ने अवस्था छैन । यसलाई परिर्वतन गरेर संघीय ढाँचा अनुरुप सात वटै प्रदेशमा अधिकार सम्पन्न काउन्सिल बनाउनुपर्दछ ।’ अध्यक्ष बरालले भन्नुभयो ‘काउन्सिल भित्र हुने अस्वस्थ राजनीतिको अन्त्यका लागि अध्यक्ष प्रणाली बनाउनुपर्दछ । नयाँ अध्यक्ष आउने बितिक्कै सबै सदस्य आउने र अध्यक्ष जाने बितिक्कै अन्य पदाधिकारीहरु पनि जाने अध्यक्ष प्रंणाली खाँचो रहेको छ ।’
यस अघि सहभागीहरुले मातृभाषाको पत्रकारिताको विकासको लागि वर्गीकरणमा सहुलियत दिनुपर्ने, विभिन्न भाषामा आचारसंहिता प्रकाशन गर्नुपर्र्नेे, पत्रिकाको वितरण र राज्यले दिने लोककल्याणकारी विज्ञापनमा प्राथमिकता दिनुपर्ने र मातृभाषाको पत्रकारिता क्षेत्रमा पनि पुरस्कार दिने व्यवस्था गर्नुपर्ने माग अघि सारेका थिए ।
यसलाई सम्बोधन गर्दै अध्यक्ष बरालले मातृभाषाको पत्रकारिताको विकासको लागि सात वटै प्रदेशमा राष्ट्रिय सम्मेलन गर्ने सोच रहेको बताउनुभयो । यस कार्यमा पत्रकार दबूको बलियो साथ र सहयोग रहने विश्वास पनि अध्यक्ष बरालले व्यक्त गर्नुभयो । एउटा राष्ट्र विविध आवाजको सिद्धान्त अनुरुप उत्पीडनमा परेका, सीमान्तकृत वर्ग समुदायको आवाजलाई मुखरित गर्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।
सो अवसरमा नेपाल प्रेस काउन्सिलका सदस्य शुभेच्छाबिन्दुले मातृभाषाको पत्रकारिताको विकास लागि काउन्सिलल विस्तृत अध्ययन गरिरहेको जनाउँदै त्यस सम्बन्धी प्रतिवेदनले मातृभाषाको पत्रकारिताको विकासको लागि नयाँ सम्भावनाको ढोका खुल्ने विश्वास व्यक्त गर्नुभयो ।
सो अवसरमा कार्यपत्र प्रस्तुत गर्दै पत्रकार दबूका केन्द्रीय उपाध्यक्ष सुरजवीर बज्राचार्यले मातृभाषाको पत्रकारिताको विकासका लागि स्थानीय तहले दिने सूचनामूलक विज्ञापनमा प्राथमिकता दिनुपर्ने, स्थानीय तहको अधिकार कार्यान्वयन र त्यस बारे जनता सूसूचित गर्न स्थानीय भाषाको पत्रकारिताको महत्वपूर्ण भूमिका रहने धारणा राख्नुभयो ।
पत्रकार दबूका उपाध्यक्ष नृपेन्द्रलाल श्रेष्ठले माृतभाषाको पत्रकारिताको विकासको लागि अघि सारिएको भाषिक पत्रकारहरुको राष्ट्रिय सम्मेलन सफल पार्न पत्रकार दबूको साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो अवसरमा पत्रकार दबूका अध्यक्ष श्रीकृष्ण महर्जनले अध्यक्ष बराललाई सम्मानपत्र प्रदान गर्नुभयो ।
कार्यक्रम नेवाः पत्रकार राष्ट्रिय दबू केन्द्रीय समितिले अायाेजना गरेकाे थियाे ।

सम्बन्धित लेखहरु

 क्याटेगोरीः