प्रमज्यू, हरेक गाउँका लागि यस्तो परियोजना कस्तो होला ?


डिजेल, पेट्रोल, दाउरा, बिजुली केही इन्धन नचाहिने यो प्रविधि नेपालमा ३५/४० वर्षदेखि प्रयोग हुँदै आएको हो । यसमा राजनीतिक दल वा कर्मचारीतन्त्रलाई कमिसनको गुञ्जाइस नभएको हुँदा यो फस्टाउन पाएन ।


प्रधानमन्त्रीले ४५ दिनको म्याद दिएर परिणाममूलक परियोजनाको खाका माग गरेका रहेछन् । त्यसै सन्दर्भमा म यो छोटो लेख लेख्दै छु ।

हिजोआज लेकतिर खेर गइरहेका घाँस, स्याउला, जडिबुटी, ढुंगा, काठपात र लेकतिर उत्पादित घिउ, पशु, मासुलाई गुरुत्वाकर्षण-रोप वेको माध्यमबाट तल बेसीमा झार्ने र त्यही बलबाट पहाडी भेकका गाउँघरमा आवश्यक सामग्री उकाल्ने प्रविधि प्रयोग भइरहेको छ । गाउँलेहरू मालामाल भइरहेका छन् ।

यिनमा हेर्नुहोस्

<iframe width=”100%” height=”506″ src=”https://www.youtube.com/embed/nvbGTBWMtkI” frameborder=”0″ allowfullscreen></iframe>

<iframe width=”100%” height=”675″ src=”https://www.youtube.com/embed/YAtIBXvnWFo” frameborder=”0″ allowfullscreen></iframe>

http://www.spotlightnepal.com/News/Article/PRACTICAL-ACTION-Gravity-Rope-Solution

डिजेल, पेट्रोल, दाउरा, बिजुली, आदि केही इन्धन नचाहिने यो प्रविधि नेपालमा अन्दाजी ३५/४० वर्षदेखि प्रयोग हुँदै आएको हो । तर यसमा राजनीतिक दल वा कर्मचारीतन्त्रलाई कमिसनको गुञ्जाइस नभएको हुँदा यो फस्टाउन पाएन । बढीमा यो एनजिओ/आइएनजिओकै परियोजनामा सीमित रही आएको छ ।

मलाई लाग्छ, थपमा यसका चक्कामा नेपालकै उत्पादित सामान्य टर्बाइन जोडेर साना पैमानाका बिजुली पनि निकाल्न सकिन्छ र घट्ट पनि संचालन हुन सक्छ.

प्रधानमन्त्रीले यो सस्तो परियोजना नेपालका लेक र बेसीसम्म फैलिएका हरेक गाउँका लागि पीपीपी परियोजना संचालन गर्न सक्दछ । सरकारको तर्फबाट प्राविधिक र तारको मुट्ठामात्र दिए हरेक गाउँ आफ्नो परियोजनाको लागि तँछाड मछाड गरी उत्रने मेरो विश्वास छ ।

 क्याटेगोरीः विज्ञान-प्रविधि