प्रथम दिदीबहिनी कप राष्ट्रिय महिला भलिवल

इसमता संवाददाता
काठमाडौं,  फागुन ११ । पर्वत जिल्लाको कुश्मामा रहेको सामुदायिक रेडियो दिदीबहिनी ९५.२ मेगाहर्जले नवौं पश्मिाञ्चल महिला महोत्सव तथा रेडियोको सातौं वार्षिकोत्सव २०७३ यही फागुन २४ देखि ३० गतेसम्म आयोजना गर्ने भएको छ ।
रिपोर्टस् क्लब नेपालमा पत्रकार सम्मेलन गरेर रेडियो दिदीबहिनीकी अध्यक्ष तथा सांसद कल्पना चापागाईले महोत्सवको मुख्य आकर्षणका रुपमा प्रथम दिदीबहिनी कप राष्ट्रिय महिला भलिवल रहने जानकारी दिईन्।
उनेल भनिन्,‘महोत्सवको समुद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नुहुनेछ, महिलाहरुको मात्र व्यवस्थापन र सञ्चालनमा रहेको रेडियो दिदीबहिनी नेपालकै नमुना रेडियो हो।’
उनेले अघि थपिन,‘महिलाहरुको सहभागिता र क्षमतालाई सहर्ष स्विकार गर्न हिच्किचाउने पितृसतात्मक समाजमा संघर्षको नयाँ आयाम ल्याउन सफल भएकोमा रेडियो दिदीबहिनी नेपाल सरकारमार्फत राष्ट्रिय पत्रकारिता पुरस्कार २०६९ बाट र कृषि विभाग क्षेत्रीय कृषि निर्देशनालय पोखराबाट कृषि कार्यक्रम उत्पादन एवं प्रशारण कार्यमबाट सम्मानित भएको रेडियो हो, पहिलो पटक नेपाल सरकारले सामुदायिक रेडियोलाई प्रदान गरेको उक्त पुरस्कार प्राप्तगर्नु रेडियो दिदीबहिनीलाई गौरवको कुरा हो भने महिलाहरुको क्षमतालाई विश्वास गर्न आलटाल गर्ने समुदायप्रति यही पुरस्कार तिखो जवाफ बनेको छ, रेडियोलाई प्राप्त हार्दिकता र हौसलाले हामीलाई फेरी हजुरसामु यो महोत्सव आयोजना गर्न प्रेरित गरेको हो ।’
सामुदायिक रेडियो दिदी बहिनी ९५.२ मेगाहर्जले विगत ७ वर्षदेखि गर्दै आइरेकोे बृहत् पश्चिमाञ्चल महिला महोत्सवलाई यस बर्ष पनि निरन्तरता दिँदै ७ दिनसम्म कुश्माको बान्दे्रविडि चौरमा सञ्चालन हुने आयोजकले जानकारी दिएको छ ।
कला र संस्कृतिको संरक्षण र घरेलु बस्तुको प्रर्बद्धन गर्दै महिलाहरुको १०७ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसर नाच्ने गाउँनेमा मात्र सिमित नराखी महिलाहरुको क्षमता अभिवृद्धि तथा समानताको आवाज बुलन्दित गर्न प्रतिस्पर्धा मार्फत चेतना अभिवृद्धि गर्ने उद्देश्य रहेको छ ।

 क्याटेगोरीः खेलकूद