पहुँचको आधारमा टिकट दिँदा समस्या : केसी

काठमाडौं, जेठ ४ । सहरी विकासमन्त्री समेत रहेका कांग्रेस नेता अर्जुननरसिंह केसीले उम्मेदवार छनोट गर्दा विधि र प्रक्रिया नपु-याइएकाले नुवाकोटका कांग्रेस कार्यकर्ता निराश हुनुपर्ने अवस्था बनेको बताएका छन् । दुई नगरपालिका, १० गाउँपालिका र ८८ वटा वडा रहेको नुवाकोटमा अपेक्षाअनुसार परिणाम नआएको र एक पत्रिकाले ‘कांग्रेस हराउन केसीलाई सफलता’ शीर्षकमा समाचार प्रकाशित गरेपछि केसीको सचिवालयले विज्ञप्ती निकालेर पहुँचको आधारमा टिकट दिँदा समस्या भएको जनाएको छ ।

पञ्चकन्या गाउँपालिका– २ मा कांग्रेस पराजित भएपछि नेताहरु नै आरोप प्रत्यारोपमा उत्रिएका छन् । उक्त गाउँपालिका कांग्रेस नेताहरु डा. रामशरण महत र डा. प्रकाशशरण महतको जन्मथलो हो । केसीका स्वकीय सचिव निरञ्जन थापाले विज्ञप्ती निकालेर भनेका छन् ‘उम्मेदवारीको टिकट दिन कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयद्वारा पार्टीका जिल्लास्थित क्षेत्रीय समितिहरूलाई अधिकार प्रत्यायोजन गरिएको थियो ।समाचार आजको नयाँ पत्रिकामा छापिएको छ ।

 

तर नुवाकोटका दुई नगरपालिका, १० गाउँपालिका र ८८ वटा वडाको लागि उम्मेदवारी छनोट गर्दा विधि र प्रकृया नपु-याइएको, एउटै वडामा उम्मेदवारीका आकांक्षी दर्जनौँ हुँदापनि जनाधार, लोकप्रियता र नेतृत्व कुशलताको मूल्यांकन हुन नसकेको, सक्रिय कार्यकर्ताहरूको सुझाव लिने कार्य नगरी जनाधार भएका, पार्टीमा इमानदारीपूर्वक निस्वार्थ योगदान पु¥याउँदै आएका निष्ठावान साथीहरूलाई उपेक्षा गरिएको लगायत कारणले सो वडामा कांग्रेस पराजित हुनुपरेको हो ।’

 क्याटेगोरीः