पहिचानको लडाइका लागि ससफो नेपाल र लिम्बुवान पार्टी एकता


इसमता संवाददाता
काठमाडौं, जेठ १ । संघीय समाजवादी फोरम नेपाल र संघीय लिम्बुवान पार्टी नेपाल बीच लिम्बुवान लगायतका स्वायत्त राज्य निर्माण गर्ने क्रममा बाँकी रहेका कार्यभार पूरा गर्न एकतावद्ध हुँदै अघि बढ्ने भेडेटार सम्मेलनको समेत मर्मलाई आत्मसात गर्ने भनेर आज एक कार्यक्रमका बीच एकता भएको छ ।
दुबै पार्टीले एकीकरण घोषणा सभामा वर्तमान नेपाल निर्माणसँग्ै सुरु भएको जातीय, भाषिक, साँस्कृतिक दमनका विरुद्ध लिम्बुवान लगायतका विभिन्न क्षेत्रहरुमा स्वायत्तताको लागि पटक पटक भउका विद्रोह, स्रघर्ष र आन्दोलनहरुबाट प्राप्त शिक्षलाई ग्रहण गर्ने बचनबद्धता प्रकट गरे ।
उनीहरुले आफ्नो एकतालार्य आत्मनिर्णयको अधिकार र स्वशासनसहितको लिम्बुवान, किराँत, शेर्पा, मधेश, ताम्सालिङ, नेवाः, तमुवान, मगरात, खसान, थरुहट, शिल्पी (दलित) आदि स्वायत्त प्रदेशहरुको सुनिश्चित गर्नको लागि भनेका छन् । साथै उनीहल्े आफ्ना पार्टीहरु नेपाली समाजमा विद्यमान रहेको जातीय, वर्गीय, क्षेत्रीय, लैंगिक, समुदायगत, भाषिक, साँस्कृतिक, धार्मिक र जातमा आधारित उत्पीडनका विरुद्ध हो भन्ने पनि प्रष्ट पारेका छन् ।

माखिमले संघीय समाजवादी फोरम नेपालसँग पार्टीको नीति, सिद्यान्त र एजेन्डा मिल्ने भएकोले सँगै मिलेर संघर्ष गर्न पार्टी एकता गरेको बताए ।
जनजाति आन्दोलनको सक्रिय अगुवा नेता माखिमसहित संघीय लिम्बूवान पार्टीमा रहेका सम्पूर्ण पदाधिकारी, केन्द्रीय सदस्य लगायत सिंगो पार्टी पंक्ति र फोरम नेपाल एक ढिक्का भएका छन् । यो एकिकरणसँगै मधेशी, आदिवासी जनजाति, खस, महिला, मुश्लिम लगायत समग्र उत्पीडित समुदायको लागि जारी संघर्ष झन् उचाइँमा पुग्ने देखिएको छ ।
संघीयता र पहिचानलाई आधार बनाएर उत्पीडित समुदायको पक्षमा संघर्ष गर्ने शक्ति फोरम नेपाल मात्र रहेकोले पार्टी एकता गरेको नेता माखिमले प्रतिक्रिया दिएका छन् ।
एकता समारोहलाई सम्बोधन गर्दै संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले थोपा थोपा शक्ति एकजुट भएर पहिचानको आन्दोलनलाई निर्णायक बनाउने बताएका छन् । अधिकार र पहिचानका लागि जारी संघर्षलाई उचाईमा पुर्याउन मधेशी, आदिवासी जनजाति लगायत समग्र उत्पीडित समुदाय मिल्नुको विकल्प नरहेको भन्दै अध्यक्ष यादवले अधिकार प्राप्तिका लागि संघर्षरत सबै शक्तिलाई एकतालाई आह्वान गरेका छन् ।
अध्यक्ष यादवले सरकारलाई बुलेटको जवाफ ब्यालेटले दिने समेत चेतावनी दिएका छन् । मधेश आन्दोलनको समयमा राज्यले मधेशीलाई गोली हानेर हत्या गरेको भन्दै अध्यक्ष यादवले त्यसको जवाफ ब्यालेटबाट दिने बताए ।
धेरैले आफूलाई चुनावमा किन गएको भनि प्रश्न गरेको बताउँदै भने, ‘त्यसको जवाफमा अब यो राज्यलाई ब्यालेटबाट जवाफ दिने बेला आएको छ, चुनावमार्फत शक्ति निर्माण गरि राज्यमाथि धावा बोल्छौं ।’
चुनाव पनि एउटा आन्दोलन हो, चुनावलाई पनि एउटा संघर्षको रुपमा अगाडि बढाउन सकिन्छ भन्दै अध्यक्ष यादवले आन्दोलनको आधारभूमि तयार गर्ने माध्यम चुनाव रहेको बताए ।
‘लोकतन्त्रमा चुनावलाई इन्कार गर्न सकिदैन, राज्यसँग लड्नु नै हो, आदिवासी जनजाति, मधेशीसँग भेदभाव गरेको राज्यसँग चुनावमा भाग लिएर पनि लड्न सकिन्छ’, उनले भने ।
तीन दलले ल्याएको सविधान नश्लीय र विभेदकारी रहेको भन्दै उनले त्यसलाई पुनर्लेखन गर्नुपर्छ भनि पहिलादेखि नै आफूले भन्दै आएको र त्यसबाट आफू पछि नहटेको स्पष्ट पारे ।
सरकारले ल्याएको सविधान संशोधनले केही पनि समस्या समाधान नहुने बताउँदै उनले सरकारले तत्काललाई यो विधेयक पारित गरे बाँकीका लागि पुनः संघर्ष गर्ने बताए ।
यसैगरी, एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै खगेन्द्र माखिमले राज्यलाई सिंहदरबारमा बसेर हुंकार दिनुभन्दा हिम्मत भए आफूहरुले उठाएको अधिकार विरुद्ध लिम्बूवान पुगेर बोल्न चेतावनी दिए ।
‘लिम्बूवानको आवाज सिंहदरबारमा सुनिँदैन, सुनिए पनि सानो स्वरमा सुनिन्छ । तर आवाज सानो सुनियो भन्दैमा लिम्बूवानको आवाजलाई उपेक्षा नगरे हुन्छ । सरकारसँग हिम्मत छ भने लिम्बूवान पुगेर हाम्रो आवाज सुन्ने साहस गरोस्’– नेता माखिमले भने ।
समयकाल अनुसार मधेशी एवं आदिवासी जनजातिसहित उत्पीडित समुदायलाई एक ठाउँमा गोलबद्ध हुन अनिवार्य रहेको भन्दै नेता माखिमले सँगै मिलेर संघर्षमा उत्रिन सबैलाई आह्वान गरे ।

 क्याटेगोरीः राजनीति