नेशनल डेभलपमेण्ट कोअपरेटिभको साधारणसभा

इसमता संवाददाता

National Development
काठमाडौं, पौष २१ । नेशनल डेभलपमेण्ट कोअपरेटिभ लि. को १९औं वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष माधव दुलालको प्रमुख आतिथ्यमा सम्पन्न सभामा संस्थाका कार्यकारी अध्यक्ष राजशहरि जोशीले आ.व. २०७२÷७३ को वासलात, नाफानोक्सान हिसाब र नगद प्रवाह विवरण सभामा पेश गरेका थिए ।
आ.व. २०७२÷७३ को अन्त्यसम्म संस्थाको प्राथमिक पूँजी कोष ४ करोड ३८ लाख १७ हजार, चुक्तापूँजी २ करोड ६२ लाख ७० हजार, निक्षेप ६७ करोड ५ लाख र लगानी ६७ करोड ४८ लाख रहेको जानकारी उनले सभामा दिए । सोही अवसरमा संस्थाले ज्येष्ठ नागरिक, उत्कृष्ट ऋणी, असल निक्षेपकर्तालाई सम्मान समेत गरेको छ । संस्थाले सदस्यहरुलाई मेडिकल इन्स्योरेन्स र एसएमएस बैंकिङ लगायतका सेवा प्रदान गर्दै आएको छ ।
साधारणसभाबाट आगामी ५ वर्षे कार्यकालका लागि नयाँ कार्यसमिति पनि चयन भएको छ । संस्थाको सञ्चालकमा राजेशहरि जोशी, रविन्द्रमान जोशी, नृपकृष्ण कर्माचार्य, प्रधनलाल जोशी, विन्दु बहादुर जोशी, मृगेन्द्र राज शर्मा, रमिला जोशी, राजु दली, र सागरलाल अमात्य सर्वसम्मत चयन भएका छन् । त्यसैगरी लेखासमिति संयोजकमा रविन्द्र प्रसाद नेमकुल र सदस्यहरुमा देवेन्द्रलाल प्रधान र मीना नकर्मी चयन भएका छन् ।

 क्याटेगोरीः अर्थ