नेवाः पुस्तक प्रदर्शनी शुरु


इसमता संवाददाता
ललितपुर, जेठ १९ । ललितपुर महानगरपालिकाका नवनिर्वाचित मेयर चिरिबाबु महर्जनले आज नेवाःभाषामा प्रकाशित पुस्तकहरुको दुइदिने प्रदर्शनीको उद्घाटन गरे ।

कार्यक्रममा लगभग एक दर्जन प्रकाशक वा वितरकहरुले नेवाः भाषाका साहित्य, धर्म, दर्शन, संस्कृति इत्यादि विषयका पुस्तकहरु प्रदर्शनी र विक्रीका लागि राखेका थिए ।
यसबाहेक त्यहाँ अंग्रेजी तथा खस नेपाली भाषाका पुस्तकहरुपनि राखिएका थिए ।
कार्यक्रम नेपालभाषा एकेदमिले आयोजना गरेको थियो ।

 क्याटेगोरीः कला साहित्य