नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्र अगाडि


इसमता संवाददाता
कठमाडौं, जेठ ३ । स्थानीय तहको पहिलो चरणको निर्वाचनका नतिजाहरु धमाधम प्राप्त भइरहेका छन् ।

अहिले बुधबार साँझ ५ बजे सम्मको जानकारी अनुसार नेकपा एमाले, नेपाली कांग्रेस तथा नेकपा माओवादी केन्द्रका निर्वाचित जनप्रतिनिधिहरु अग्रस्थानमा छन् ।

नेकपा एमालेका तर्फबाट प्रमुख ४ जना, उपप्रमुख ३ जना, अध्यक्ष २ जना, उपाध्यक्ष ३ जना, वडाअध्यक्ष ९९ जना, महिला सदस्य १०३ जना, दलित महिला सदस्य १२८ जना सदस्य २०० जना निर्वाचित भएका छन् ।
हालसम्मको अपडेट अनुसार नेपाली कांग्रेसका वडा सदस्य १६५जना, दलित महिला सदस्य ३जना, महिला सदस्य ९१ जना, वडा अध्यक्ष ९४, उपाध्यक्ष ६ जना र अध्यक्ष ८ जना निर्वाचित भएका छन् । नेपाली कांग्रेसबाट प्रमुख र उपप्रमुख भने कोही भएका छैनन् ।
त्यस्तै नेकपा माओवादी केन्द्रका तर्फबाट अध्यक्ष १ जना, उपाध्यक्ष १ जना, वडाअध्यक्ष ३२ जना, महिला सदस्य २८ जना, दलित महिला सदस्य ४१ जना र सदस्य ३९ जना निर्वाचित भए । प्रमुख र उपप्रमुखमा अहिले सम्म कोही निर्वाचित भएका छैनन् ।

हालै काठमाडौँ महानगरपालिका– १ को वडाध्यक्षमा नेकपा एमालेका भरतलाल श्रेष्ठ एक हजार ३५ मत ल्याई विजयीह भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भोला थापाले ६३९ मत प्राप्त गरे । महिला सदस्यमा एमालेकी रसला तण्डुकारले ८९१, दलित महिला सदस्यमा एमालेकै मीना सुनुवारले ७९६ ल्याई विजयी भएको राससले जनाएकाे छ ।

 क्याटेगोरीः राजनीति