निःशुल्क आँखा शिविर सम्पन्न


इसमता संवाददाता
रौतहट, पुष ३। रौतहटको हजमिनिया दरवारमा १ दिने निःशुल्क आँखा शिविर संचालन गरिएको छ ।
श्रीराम नरेश लक्ष्मण मा.वि. हजमिनियामा शनिबार नेपाल भारत मैत्री संघको आयोजनामा गौर आँखा अस्पताल पुरेनवाले आँखा परिक्षण शिविर संचालन गरेका छन । सो शिविरमा ४७५ जना आँखा बिरामी मध्ये २२५ जनालाई निःशुल्क चेकजाच गरी निशुल्क लेन्स सहित मोतिया विन्दको अपरेशन गर्ने गौर आँखा अस्पताल प्रशासन शाखा प्रमुख नागेश्वर चौधरीले जानकारी गराएको छ ।
साथै अपरेशन भएका विरामीहरुलाई निःशुल्क औषधी , खाना , कालो चश्मा उपलब्ध गराउने स्थानिय आयोजना विजय श्रीवास्तव समेतले सो शिविरमा सहयोग गरेको छ ।
अभिमनु कुमार पटेलबाट

 क्याटेगोरीः स्वास्थ्य