नारायणगढमा दन्त शिविर सम्पन्न

इसमता संवाददाता
चितवन,  साउन २३ । पूर्वी चितवनको खैरहनी नगरपालिकाको कुमरोजमा गरिएको निशुल्क दन्त शिविरबाट ७ सय १३ जना लाभान्वित भएको छन् ।
भरतपुरको कमल नगर नारायणगढका रहेको साई राम डेण्टल केयरको आयोजना तथा कुमरोज मध्यवर्ती सामुदायिक वन र न्यू पशुपति युवा क्लबको सहकार्यमा कुमरोजमा सो शिविर सम्पन्न गरिएको छ ।

 
विगत एक दशक देखि विभिन्न ग्रामिण भेगका जनतामा आफुहरुले दन्त रोगबाट कसैले पनि समस्या भोग्नु नपारोस् भनि सामाजिक उत्तर दायित्व अभियान अन्र्तगत यो पटक कुमरोजका शिविर गरेको केयरकी सञ्चालक डाक्टर सरु थापा न्यौपानेले बताईन् । सो अवसरमा ४० ६ जनाको दन्त परिक्षण, १०६ जनाको दात निकालिएको, ६० जनाको दाँत सफा गरेको र ७० जनाको दातँ भरेको उनले बताइन् । भने यस्तै ३०७ जना अन्नपूर्ण स्कृलका स्कुले बालबालिकाहरुको पनि निशुल्क दन्त परिक्षणसगैँ निशुल्क औषधी, ब्रस, मन्जन लगायतका सामाग्री वितरण गरिएको थियो । सो अवसरमा केयरकै सञ्चालक एवंम भरतपुर अस्पतालको दन्त विभागका प्रमुख डा. अजय न्यौपानेले विरामीहरुको चेकजाचँ गरेका थिए ।

 क्याटेगोरीः स्वास्थ्य