नर्सिङ्ग दिवसमा वरिष्ठ पाका नर्सलाई सम्मान


पञ्चमाया तामाङ
धनकुटा, बैसाख ३० । १९७ औं अन्तराष्ट्रिय नर्सिङ्ग दिवस शुक्रवार धनकुटामा विविध कार्यक्रमको साथ भव्य रुपमा मनाइएको छ । सो अवसरमा लामो समयसम्म जिल्ला अस्पताल धनकुटामा नसिङ्ग सेवा पु¥याइरहेका पाका उमेरका धनकुटा–७ निवासी नर्स उमा राईलाई सम्मान गरिएको छ ।

नर्सिङ्ग एशोसिएसन धनकुटाको आयोजनामा जिल्ला अस्पताल धनकुटामा आयोजना गरिएको अन्तराष्ट्रिय नर्सिङ्ग दिवश विशेष समारोहमा अगाडि सहभागी नर्सहरु जनचेतनामुलक प्लेकार्ड सहित धनकुटा वजारको विभिन्न भागको परिक्रमा समेत प्रभात फेरी मार्फत गरेका थिए । बजार परिक्रमा पछि जिल्ला अस्पताल धनकुटाका प्रमुख डा.मदन कुमार उपाध्यायको प्रमुख आतिथ्यमा अन्तराष्ट्रिय नर्सिङ्ग दिवशको अवसरमा शुभकामना आदन प्रदान कार्यत्रमका आयोजना समेत गरिएको थियो ।
नर्सिङ्ग एशोसिएनसन धनकुटाका अध्यक्ष सोनु सुवेदीको अध्यक्षतमा सम्पन्न शुभकामना आदन प्रदान कार्यक्रमको संचालन सचिव बालकुमारी तामाङले गरेका थिए भने वागत मन्तव्य कोषाध्यक्ष गीता आचार्यले राखेका थिए । नसिंङ्ग सेवाका वारेमा संस्थाका सदस्य इशा राईले सो अवसरमा प्रकास पारेका थिए । सो अवसरमा जिल्ला अस्पताल धनकुटामा रहेका विरामीहरुलाई आयोजक संस्थाका तर्फवाट फलफुल समेत वितरण गरिएको थियो ।

 क्याटेगोरीः स्वास्थ्य