धरानमा मसाल जुलुस


धरान, बैशाख ६ ।  संघीय समाजवादी फोरम, संघीय लिम्बुवान मञ्च सहितको संघीय गठबन्धान र मधेशी मोर्चाको घोषित आन्दोलनको कार्यक्रम अनुसार मंगलवार सा“झ संघीय गठबन्धनले पूर्वका सबै जिल्ला सदरमुकाम सहित प्रमुख शहर÷बजारमा मसाल जुलुस प्रदर्शन गरेको छ । धरानमा गठबन्धनका घटक संघीय लिम्बुवान मञ्चको धरान १० लोकपथ स्थित कार्यालय बाट निकालेको मसाल जुलुस विभिन्न नाराबाजी सहित कलेज रोड हुँदै भानुचौकमा आएर कोणसभामा परिणत भएको थियो ।
सभामा गठबन्धनमा सामेल दलहरु र मोर्चाका स्थानिय नेताहरुले मधेशी मोर्चा र गठबन्धनको आन्दोलनले माग गरेका संशोधनका प्रस्तावहरु समावेश गरी संविधान संशोधन नगरिए सम्म स्थानिय तहको चुनाव गर्न नदिने सरकारलाई चेतावनी दिए । यसअघि सुनसरी सदर मुकाम इनरुवामा पनि मधेशी मोर्चा र गठबन्धनका सहभागी दलहरुको संयुक्त मसाल जुलुसले बजार परिक्रममा गरि इनरुवा चौकमा कोणसभा गरेको थियो । यसैगरी संघीय लिम्बुवान मञ्च सहित लिम्बुवान संयुक्त संघर्ष समितिले लिम्बुवानका पहाडी जिल्लाहरुमा मसाल जुलुस प्रदर्शन गर्दै लिम्बुवान प्राप्त नभए सम्म संघर्ष जारी रहने उद्घोष गरे ।

यसैविच मञ्चका केन्द्रिय अध्यक्ष कुमार लिङ्देन मिराकको नेतृत्वमा झापाको दमकमा विशाल मसाल जुसुल प्रदर्शन भएको उक्त पार्टीले जनाएको छ । अध्यक्ष लिङदेनले लिम्बुवानबासी लाई सम्बोधन गर्दै एकात्मक बादीहरुले गर्न लागेको बैशाख ३१ को स्थानीय चुनाब विरोध गर्न आव्हान गरे । उनले अबको आन्दोलन मागेर होइन खोसेर लिने अवस्थामा नपु¥याउन ठूला दलहरु लाई चेतावनी दिए ।

मधेशी मोर्चा र संघीय गठबन्धनको पूर्व घोषित आन्दोलन सम्बन्धि कार्यक्रमहरु यस्ता छन्– बैशाख ५ गते जिल्ला सदरमुकाम लगायत प्रमुख स्थानहरुमा मशाल जुलुश । बैशाख ७ गते जिल्ला प्रमुख स्थानमा लाठी÷सिटी जुलुस । वैशाख ९ गते जनकपुर, उदयपुर, वीरगंज र काभ्रेमा आमसभा । बैशाख १० गते विराटनगर, भैरहवा र पाल्पामा आमसभा । बैशाख ११ गते नेपालगञ्ज, विर्तामोड र काठमाण्डौमा आमसभा । बैशाख १२ धनगढी, धरान र पोखरामा आमसभा । बैशाख १३ गाउँ, शहर र मतदान केन्द्रहरुमा लाठी जुलुस प्रदर्शन । बैशाख १४ जिल्ला सदरमुकाम लगायत प्रमुख स्थानहरुमा मशाल जुलुश । बैशाख १५ मधेश÷थरुहट र लिम्बुवान बन्द । बैशाख १६ नेपाल बन्द । बैशाख १९ मतदान केन्द्रहरुमा लाठी जुलुस प्रदर्शन । बैशाख २६ जिल्लाहरुमा मशाल जुलुस प्रदर्शन । बैशाख २७ देखी आमहडताल एवं अनिश्चितकालिन नेपाल बन्द ।

साभार माेर्निङ टाइम्सडेली

सम्बन्धित लेखहरु

 क्याटेगोरीः