जोर्डनमा बिस्फोट हुदाँ नेपाली कामदार सहित दर्जनौ  मृत्यु


इसमता संवाददाता

असार १५, काठमाडौं । जोर्डनको इरबिद शहर स्थित क्लासिक फेशन एप्रिएल
उद्योगको एक तलामाथी रहेको पानीको बोइलर एक्कासी बिस्फोट हुदा त्यहाँ
स्थित कार्यरत कामदारहरु दर्जनौको मृत्यु तथा घाईते भएका छन् ।

 

मृतकहरुको सनाखत नभएको त्यहाँ कार्यरत एक नेपाली कामदारले जानकारी दिईन । उक्त
घटनापछि धेरै नेपाली तथा बंगाली कामदर महिलाहरु वेहोस र रुवाबासी भएको र
नेपाली कामदारहरुले आफ्नै मतृभूमी नेपाल र्फकन माग गरेको जानकारी गराए ।
ईद पर्वको लागि ३ दिन सम्म विदा भएको उक्त कम्पनी ३ दिन पछि खुल्दा
एक्कासी एक तलामाथी रहेको पानीको बोइलर बिस्फोट भई भुईतलामा खसेको
जानकारी दिईन ।
विगत एक दशक देखी नेपालबाट काठमाण्डौको कमलपोखरी स्थीत एस. सी.सी.
मेनपावर कम्पनीबाट फ्रि भिषा , फ्रि टिकटमा हजारौ नेपाली महिलाहरु पाठई
रहेको छ ।
त्यस घटनमा नेपाली कामदर महिलाहरु पनि परेको नेपाली कामदारहरु नेपाल
फर्किने खबर आएको छ त्यस घट्नाको वास्ताविक बुझ्न खोज्दा नेपाली कामदार
पठाउँने नेपालको एस. सी.सी मेनपावर कम्पनीले त्यहाँको स्थिति सामान्य छ
कामदारहरुको कुरा नसुन्नु भनेर प्रतिक्रिय दिएका छन् ।
उक्त घटनाको बारेमा नेपाल स्थित एस.सी.सी. मा खबर गर्दा यो घटना बारे
नेपालमा कसैलाई नभन , चुपचप बसेर काम गरेर बस्ने , तिमीहरु चहिदो भन्दा
बढी बोल्यो भनेर धम्कीको भाषामा प्रतिक्रिया दिएको जोर्डनबाट एक नेपाली
कामदारले सुनाईन ।
अहिले उक्त कम्पनी बन्दा भएको र शव पहिचान गर्नु पर्ने माग राख्दै बंगाली
र नेपाली कामदार आन्दोलनमा रहेको र कसैलाई पनि प्रवेश गर्न नदिएको खबर
प्राप्त भएको छ ।

सोनी ढकालबाट

 क्याटेगोरीः विश्व