छाउगोठमै सर्पले डसेर महिलाको मृत्यु


काठमाडौं, असार २४ । दैलेख जिल्लामा चामुण्डा विन्द्रासैनी नगरपालिका– ६ लैनचैवरकी  शान्ता शाहीको विहीवार घर छेवैको छाउगोठमा सर्पले टोकेर मृत्यु भएको छ ।

विहीबार राती १० वजेतिर सुतिरहेको बेला शाहीलाई सर्पले डसेको थियो । उनको उपचारको क्रममा मृत्यु भएको बताइएको छ । सुरुमा उपचारका लागि स्वास्थ्य संस्थामा पुर्याउनुको साट्टो धामीझाँक्री लगाउन खोज्गदा उपचार नपाएर उनको मृत्यु भएको जम्मुकाध स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी कमला शाहीले जानकारी दिइन् । समाचार आजको कान्तिपुरमा छापिएको छ ।

स्वास्थ्यकर्मी कमलाका अनुसार स्वास्थ्य संस्थामा ढिला ल्याइपुर्याएकोले  शाहीको ज्यान जोगाउन नसकिएको हो ।

दैलेख जिल्लामा अझैपनि ३ सय ७६ वटा छाउगोठ रहेको तथ्यांक जिल्ला समन्वय समितिले उपलब्ध गराएको छ ।

 

 क्याटेगोरीः स्वास्थ्य