गौरमा निःशुल्क बाल स्वास्थ्य शिविर


अभिमनु कुमार पटेल
रौतहट, पुष २५ ।रौतहटको सदरमुकाम गौरको बाल मन्दिरमा निःशुल्क स्वास्थ्य बाल शिविर संचालन भव्यताका साथ सम्पन्न भएको छ ।

रिपोर्टर्स क्लब नेपाल रौतहट शाखा तथा मधेश प्रदेश डटकम अनलाईनका अध्यक्ष अभिमनु कुमार पटेल र युवा समाजसेवी भाई नविन कुमार सिंहको आयोजनामा सो बाल शिविर परिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

निःशुल्क बाल स्वास्थ्य शिविरमा नवजात शिशु तथा १८ वर्ष मुनिका बालवालिकाहरुलाई स्वास्थ्य परिक्षण पश्चात निःशुल्क औषधी समेत वितरण गरिएको छ । सो शिविर विहान ११ बजे देखि बेलुका ५ बजे सम्म बाल मन्दिरमा डा.प्रविन कुमार सिंह , डा.श्रीराम शर्मा , डा. मुन्ना राज चौहान द्धारा स्वास्थ्य परिक्षण गरिएको छ ।

सो निःशुल्क बाल स्वास्थ्य शिविर कार्यक्रममा १०० भन्दा बढी अपाङ्ग तथा ५०० भन्दा बढी दलितहरु रहेको आयोजक वर्गले जनाएका छन । सेवाग्राहीहरुमध्ये स्थानिय गौर बजारका विधालयहरुका विधार्थीहरु साथै ६० प्रतिशत भन्दा बढी ग्रामिण भेगका बाल वालिका रहेको समेत थाहा हुन आएको छ ।

स्वास्थ्य शिविरमा स्थानिय साथी पोली क्लीनिकका डा.आनन्द रौनियार , स्वास्थ्यकर्मीहरु , जिल्ला जनस्वास्थ्य गौरका प्रचार प्रसार प्रमुख हरेन्द्र गुप्ता , स्टार्फ नर्स लगायत सहयोगी संस्थाहरु अभियान नेपाल रौतहट , आर.डि.सि. नेपाल , वातावर तथा बाल विकास परिषद, रौतहट , ए.एच.आई.एच.एस. अस्पताल गौर ८ ,धनलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाहरुले कार्यक्रममा सहयोग गरेका छन ।
निःशुल्क बाल स्वास्थ्य शिविरमा डाक्टरहरुबाट बाल वालिका स्वास्थ्य परिक्षण गर्दा खास गरि बाल वालिकाहरुमा देखा पर्ने रोग छात्री तथा स्वास प्रश्वास सम्बन्धी रोग बढी मात्रामा पाईएको डाक्टरहरुले पुष्टी गरेका छन ।

 क्याटेगोरीः स्वास्थ्य