गोविन्द केसीको माग पूरा भइसक्यो : शिक्षामन्त्री श्रेष्ठ


इसमता संवाददाता
काठमाडाैं, साउन २८ । उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले चिकित्सा शिक्षा क्षेत्रको सुधारका लागि अनशन बसेका गोविन्द केसीले भोलिसम्ममा अनशन तोड्ने दाबी गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित शंखादेवी भूपू विद्यार्थी समाजले अयोजना गरेको सम्मान तथा प्रशंसापत्र वितरण कार्यक्रममा मन्त्री श्रेष्ठले अब केसीले केसीका माग पूरा भइसकेकाले अनशन तोडिने बताए ।

 
शुक्रबार चिकित्सा शिक्षा विधेयक पारित भएपछि पनि केसीले अनशनलाई निरन्तरता दिएपछि असन्ुतष्ट देखिएका श्रेष्ठले अब झिना मसिना विषयमा अल्झिेर नबस्न केसीलाई आग्रह गरेका छन् । नियुक्तिका सानातिना विषयमा तपाई जस्ता मान्छे अल्झिएर बन्नुहुँदैन, श्रेष्ठले भने ।

 
श्रेष्ठले आफू शिक्षा मन्त्री भएपछि केसीका माग पूरा हुने गरी चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गराउन पहल गरेको दाबी गर्दै अब केसीले अनशन तोड्ने विश्वास लिएका छन् । यसअघि केसी अनशन बस्नुअघि नै एक महिनाभित्रमा चिकित्सा क्षेत्रका माग पूरा गराउन आफू प्रतिवद्ध रहे पनि गोविन्द केसी अनशन बस्न हतार गरेको मन्त्री श्रेष्ठले बताए । एक महिनाको समय मागे पनि एक हप्ता मात्रै समय दिएकाले सुरुमा नै विधेयक संसदीय समितिबाट पारित गराउन नसकिएको श्रेष्ठको जिकिर छ ।

 
अर्को सन्दर्भमा मन्त्री श्रेष्ठले अस्थायी शिक्षकको माग पूरा गर्नका लागि आफू प्रतिबद्ध रहेको बताए ।

 
आन्दोलनरत अस्थायी शिक्षकलाई माग पूरा गराउने आश्वासन दिदै मन्त्री श्रेष्ठले भदौ ३ गते हुने अस्थायी शिक्षकको परीक्षा अगाडि नै समस्याको समाधान गर्ने बताए । आफु अस्थायी शिक्षकको माग पूरा गराउने विषयमा सकरात्मक रहेको श्रेष्ठको दाबी छ । ढुक्क हुनुस् अस्थायी शिक्षकको माग पनि पूरा हुन्छ, शिक्षा क्षेत्रको विकृति र विसंगतिलाई पनि अन्त्य गर्छु । नेपालको शिक्षालाई गुणस्तरीय र वैज्ञानिक पद्धतिमा लैजान्छु ।

 
रिपोर्टर्स क्लबका अध्यक्ष ऋषि धमलाले धादिङको शंखादेवी उच्च माविको स्तरउन्नतिका लागि सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए ।

 

 

निलकण्ठ नगरपालिकाका मेयर भिम ढुङ्गानाले उक्त विद्यालयलका लागि सहयोग गर्न तयार रहेको बताए । निलकण्ठ नगरपालिकाका साविकको ज्यामरुङ क्षेत्रको विकासका लागि आफू प्रतिवद्ध रहेको बताउँदै मेयर ढुङ्गानाले शंखादेवी माविको स्तर उन्नतिका लागि आवश्यक सहयोग प्रदान गर्ने प्रतिवद्धता जनाए ।

 
पर्यटन व्यवसायी हरी धरेल, टुकी नेपालका अध्यक्ष तथा पर्यटन व्यवसायी कमल सापकोटा, पूर्व सासंद कल्पना धमला लगायतले शंखादेवी माविको विकासका लागि विगतमा पनि सहयोग गरेको र आगामी दिनमा पनि दाताको खोजी गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सम्बन्धित लेखहरु

 क्याटेगोरीः