गोर्खा सैनिकहरु सगरमाथाको शिखर चुम्दै


ईश्वर चाम्लिङ
लण्डन, जेठ ५ । १३ बेलायति गोर्खा सैनिकले सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् ।
गोर्खा एभरेस्ट एक्सपिडिसन नामक पर्वतारोहण अभियान अन्तर्गत सहयोगि शेर्पाहरु सहित टोलीका तीन सदस्यहरु धनिराम राई, कृष्ण थापा र निर्मल पुलामीले १५ मे आइतबार स्थानय समयानुसार २ बजेर १० मिनेट जाँदा शिखरमा पुग्न सफल भएका थिए साथै टोलीका अन्य १० सदस्यहरु भोलिपल्ट १६ मे दिन शिखरमा पुग्न सफल भएका जानकारी प्राप्त भएको छ । बिश्व बिख्यात लडाकु गोर्खा सैनिकको इतिहासमा सर्बोच्च शिखर सगरमाथा चढिएको यो नै पहिलो सफल अभियान हो । बेलायति सेनाको गोर्खा ब्रिगेडमा ऐतिहासिक नेपाल कप जस्तै यो अभियान पनि बार्षिक रुपमा अगाडि निरन्तर बढाइने पर्यब्यक्षकहरुको अनुमान छ ।
बेलायतमा गोर्खा सैनिक सेवाको २०० पुरा भएको सतबार्षिक उत्सब मनाउदै सन २०१५ मा पनि एक टोली आरोहणमा गएको भए पनि बिनासकारी महाभुकम्प र बिशाल हिमपैरोको कारण अभियान स्थगित गरेर उद्धार गोर्खा सैनिकहरु उद्घार कार्यमा खटिएका थिए । हिम पहिरोको कारण सयौ घाइते हुनका साथै १८ को पर्बतारोहीले ज्यान गुमाएका थिए ।
बेलायति सेनाको सैनिक इतिहासमा नै पहिलो सर्बोच्च शिखर सगरमाथा आरोही टोली हाल बेस क्याम् तिर फर्किरहेको र चाँडै काठमाडांै अनि बेलायत फर्किने पनि स्रोतले जनाएको छ ।

सम्बन्धित लेखहरु

 क्याटेगोरीः