गच्छदारलाई स्थानीय, देवलाई पर्यटन र दहितलाई भूमिसुधार मन्त्रालय

काठमाडौं, बैशाख २६ । विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमबाट अध्यक्ष गच्छदारसहित जितेन्द्र देव र गोपाल दहित सरकारमा सहभागी हुने भएका छन् । फोरमको सोमबार बसेको पार्टी केन्द्रीय कार्य सम्पादन समिति र संसदीय दलको संयुक्त बैठकले सरकारमा जाने र सरकारमा सहभागी हुनेको नाम टुंगो लगाएको हो ।

पार्टीका तर्फबाट सरकारको नेतृत्व राष्ट्रिय अध्यक्ष गच्छदारले गर्ने छन् । उनले यसअघि कमल थापाले लिएको उपप्रधान तथा स्थानीय विकास मन्त्रीको जिम्मेवारी लिनेछन् ।समाचार आजको राजधानीमा छापिएको छ ।

बैठकले पर्यटन मन्त्रालयको जिम्मेवारीमा जितेन्द्र देव र भूमिसुधार मन्त्रालयको जिम्मेवारीमा गोपाल दहितलाई पठाउने निर्णय गरेको छ ।

 क्याटेगोरीः