कुमाल भाषाको पहिलो चलचित्र ‘औठेछाप’ बन्दै


सिवांगि कुमाल

काठमांडौ ,  असार ५ । कुमाल भाषा, संस्कृति र भेषभुषालाई जोगाउन एवं कुमाल जातिको यर्थाततालाई बोकेको कथालाई आलोक कुमाल निर्देशन गरेका चलचित्र ‘औठेछाप’ बन्ने क्रममा छ । हालै यसकाे प्रोमो रिलिज भएको छ ।

चलचित्रका मुख्य कलाकार मदन कुमाल,योगिता कुमाल,महेन्द्र रिजाल खिम बहादुर कुमाल, दशरथ कुमाल, शिव कुमाल, सरु कुमाल, आभाष कुमाल, मिलन थापा, राममाया कुमाल, सान्नानी कुमाल, धन बहादुर कुमाल लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा तनहुँ, लमजुङ्ग, चितवन,सुनवलको दृश्यलाई कैद गरिएको छ ।
इतिहासमा नैं पहिलो पटक बनेको कुमाल भाषा, संस्कृति र भेषभुषालाई जोगाउन एवं कुमाल जातिको यर्थाततालाई बोकेको कथामा कुमाल कसरी भुमि पुत्र भई भूमिहिन हुन पुग्यो, कुमालको जातिय पेशा माटोको भाडा बनाउने पेशा कसरी लोप हुन पुग्यो, कुमाल समुदायको आफ्नैं भाषा हुँदा हुदैं पनि किन लोप हुन पुग्यो भन्ने बिषयलाइ चलचित्रमा उत्तार्न खोजिएको छ ।
चलचित्रमा सान्नानी कुमाल, तिलक कुमाल, किरणउषा कुमालको भाषा तयारी छ । आलोक कुमालको लेखन तथा निर्देशन रहेको चलचित्रमा गीत तथा संगीत आलोक कुमाल छ भने प्रिया गुरुङ्ग ,आलोक कुमालको स्वर रहेको छ ।
जय माँ लक्ष्मी सिने आर्ट प्रा.लि.को ब्यानरमा सरु कुमालले यो चलचित्र निर्माण गरेकी हुन् ।

साभार प्रवास खबर डटङ्कम

 क्याटेगोरीः कला साहित्य