किरात राई यायोक्खाको ३०औं स्थापना दिवस सम्पन्न


इसमता संवाददाता
ललितपुर, साउन २२ । देशभरीका किरात राईहरुको साझा संगठन किरात राई यायोक्खाले आज आज ३०औं स्थापना दिवस मनायो ।

 
यस अवसर पारेर यायोक्खाले मातृभाषा, साहित्य, संस्कृति, संगीत, पत्रकारिता क्षेत्रमा योगदान पुर्याएका स्रष्टाहरुलाई पुरस्कृत गरेको छ ।

 
यसै अवसरमा आज आयोजित एक कार्यक्रममा एक दर्जन भन्दा बढी विद्यार्थीहरुलाई जीतपाल किराती लगायतका दाताहरुले छात्रवृत्ति प्रदान गरे ।

 
कार्यक्रममा बोल्दै यायोक्खाका उपाध्यक्ष दिवस राईले आफ्ना पुर्खाले छोडेर गएका मौलिक धरोहर, मातृभाषा, भेषभुषाको सबैले संरक्षण गर्नुपर्ने बताए ।

 
साथै उनले राईहरुको २८ वटा भाषा भएकोमा गर्व गर्नुपर्ने बताउँदै ती मध्ये धेरैवटा भाषा लोपहुने अवस्थामा पुगेकोले सबैले यसको संरक्षणका लागि लाग्नुपर्ने पनि बताए ।

 क्याटेगोरीः आदिवासी जनजाति