कला संस्कृतिलाई संरक्षण गर्नुपर्नेमा जोड

इसमता संवाददाता
बुटवल, बैशाख १ । न्यु सत्यसाई कला केन्द्र बुटवल र नोवेल कला केन्द्रको संयुक्त अयोजनामा विविध संस्कृतिक कार्यक्रम कोटिहवामा विहिबार सम्पन्न भएको छ ।

कार्यक्रममा नेपाली काग्रेस तिलोत्तमा–१५ का उम्मेद्वार शेर बहादुर थापा, एमाले तिलोत्तमा–१५ का उम्मेद्वार खेम राज गुरुङ्ग, नेकाप मओवादीका तिलोत्तमा –१५ का उम्मेद्वार सत्यवद शर्म, जनमुक्ति पार्टीका तिलोत्तमा–१५ का उम्मेद्वार प्रेम बहादुर थापा लगायतले बोल्दै भाषा धर्म, संस्कृतिको संरक्षण र प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रम नेबेल कला केन्द्रका अध्यक्ष भिमा रानाको अध्यक्षता, न्यु सत्यसाई कला केन्द्र बुटवका प्रोपईटर स्मृती गुरुङ्गको स्वागत र र रेशम न्यौपानेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
कमल चौधरीबाट

 क्याटेगोरीः कला साहित्य