कथित एकीकरणका विरुद्ध विरोध सभा


इसमता संवाददाता

काठमाडौं, पुस २७ ।नेपाल आदिवासी जनजाति महासंघ र आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालको आयोजनामा आज कथित राष्ट्रिय एकता दिवसका विरुद्ध एक विरोध सभाको आयोजना गरियो ।

रत्नपार्क शान्तिबाटिकामा गरिएको उक्त कार्यक्रममा विभिन्न वक्ताहरुले नेपाल विभिन्न आदिबासी जनजातिहरुको साझा फूलबारी भएकोमा अहिले २५० वर्षदेखि नश्लवादी चरित्र भएका शासकहरुले एकै जाति, भाषा र संस्कृतिको बढावा दिनेकाम गरिरहेकोमा विरोध गरे ।

आदिवासी जनजाति अधिकारका अभियन्ता आङकाजी शेर्पाले पृथ्वी नारायण शाह युद्ध अपराधी भएकाले उनका नाम राष्ट्रिय विभूतिको सूचीबाट हटाइनुपर्ने माग राखे ।
साथै यो नेपालको कसैले एकीकरण नगरेको बरु एक जना धुर्त राजा पृथ्वी नारायण शाहले आफ्नो स्वार्थका लागि अन्य देशहरुमा छलकपट गरेर आफ्नो राज्यको विस्तार मात्र गरेको बताए ।

 

साथै नेवाः प्रदेशमा आदिवासी जनजाति जागरण अभियानको आयोजनामा कीर्तिपुरमा पृथ्वी नारायण शाहले कथित एकीकरणको समयमा गरेको अत्याचरलाई सम्झेर उनको प्रतीक एउटा विशेष ढुंगा छ्याकः ल्वहँ मा गएर थुक्ने कार्य सम्पन्न गरे । कीर्तिपुरबासी त्यहाा दोबाटोमा रहेको एउटा ढुंगालाई उनीहरु पृथ्वी नारायण शाहको प्रतीक मानेर आउँदा जाँदा थुकेर उसको बर्बरतापूर्ण कार्यको निन्दा गर्दै आएका छन् ।

साथै त्यहीँ गँछेँ टोलमा रहेको एउटा ढुंगामा पृथ्वी नारायण शाह भाग्दा भाग्दै लडेको एउटा ढुंगाको पनि अवलोकन गरे ।

स्थानीय ज्यापुमहागुथिका अध्यक्ष नजरराम महर्जनले उक्त ढुंगामा चिप्लेर लडेका पृथ्वी नारायणलाई स्थानीयबासीले समातेर पनि उसको ज्यान नलिएर युद्ध नियम बमोजिम जान दिएको थियो । तर उनै पृथ्वी नारायण यहाँ फेरि आएर अत्यन्त अमानवीय तरीकाले आक्रमण गरी आत्मसमर्पण गर्ने कीर्तिपुरबासीको नाक र कान काटेर आफ्नो ज्यान बचाएका जनताप्रति बदला लिए, उनले बताए ।

prithvi_kirtipur

 क्याटेगोरीः राजनीति