मधेशवादी महतो र मधेशविरोधी लेखीको एकीकरण

इसमता स‌ंवाददाता
काठमाडौं, बैशाख ५ । राजेन्द्र महतो अध्यक्ष रहेको एक मधेस एक प्रदेश भन्ने नारा बोकेको सद्भावना पार्टी र त्यसको विरोध गर्ने राजकुमार लेखी संयोजक रहेको नागरिक समाजवादी पार्टीले आज राजधानीमा १० बुँदे सम्झौता पत्रमा हस्ताक्षर गरी एकीकरण गरेको छ ।

एकातिर मधेसको मुद्दा उठाएर पनि धेरै जसो मधेशी मोर्चामा सक्रिय नदेखिएका महतो र अर्कोतर्फ नेकपा एमालेको तर्फबाट जनजाति महासंघको अध्यक्ष भएर गतिलिइरहेको जनजातिको पहिचानको आन्दोलनलाई बिसाएको आरोप खेपेका लेखीको यस एकीकरणलाई अर्थपूर्ण भएको मानिएको छ ।
उनीहरुले यस एकीकृत पार्टीलाई राष्ट्रिय पार्टीको रुपमा विस्तार गरिने छ भन्दै यसका लागि नया सोच सहित तराई, हिमाल, पहाडका थारु, मधेसी, आदिवासी–जनजाति, दलित र खस आर्य सहितलाई समेटिन यी समुदाय साथै माँग, मुद्दा र विचार मिल्ने अन्य पार्टीहरुसंग पनि एकीकरण प्रक्रियालाई तीब्र बनाइने छ भनी बताएका छन् ।

साथै यस पार्टीले संविधान–२०७२ मा भएका थारु, आदिवासी–जनजाति, मधेसी, मुस्लिम, दलित लगायतहरु प्रति गरिएका विभेदकारी व्यवस्थाहरु (भाषा,प्रतिनिधित्व, समानुपातिकता, नागरिकता, सीमांकन र अन्य प्रावधानहरु सम्बन्धि) संसोधन गर्न सरकार र दलहरुलाई बाध्य पार्ने गरी निरन्तर संघर्ष गर्ने पनि भनेको छ ।

 क्याटेगोरीः राजनीति