ऋषि धमलाद्वारा अल्ट्रा धाविका मिरा राई सम्मानित


इसमता संंवाददाता
काठमाडौं, माघ २१ । नेपाली अल्ट्रा धाविका मिरा राईलाई हिमाली कला संघले सम्मान गरेको छ।
शुक्रबार नेशनल जियोग्राफीले सन् २०१७ का लागि घोषणा गरेको एड्भेन्चरर्स अफ दि इयरको पिपुल्स च्वाईस अवार्ड जितेर देशको शीर उच्च बनाउने काम गरेको भन्दै राईलाई संघले सम्मान गरेको हो ।
रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले देशको नाम विश्वमा चिनाउन सफल खेलाडीहरूलाई उत्साहित र उर्जावान् बनाउनको लागि सञ्चारकर्मीले कुनैपनि कसर बाँकी नराख्ने बताउँदै मिरा राईलाई दोसल्ला र ताम्रपत्रले सम्मान गरेका हुन् ।
उक्त सम्मान कार्यक्रममा मिरा राईका बालाजु कराते एकेडेमीका अध्यक्ष एव्म अन्तराष्ट्रिय रेफ्रि धुव्र विक्रम मल्ल पनि सम्मानित भएका छन् ।
कार्यक्रममा मिरा राईले अझैपनि देशको नामलाई उचाईमा पुर्याउन र भावी पुस्ताका भाईबहिनीलाई पनि उत्साहित बनाउनमा आफु प्रतिवद्ध रहने बताईन् ।

 क्याटेगोरीः खेलकूद