ई–मेडिया हबको जन्म बेलायतमा


जानुका राई

बेलायत, पुस १९ । एभरेष्ट इन्टरटेन्टमेन्ट ई–मेडिया हब कम्पनीको उद्धघाटन समारोह बेलायतस्थित अल्डारसोटको निर्माया रोदीघरमा ३१⁄१२⁄२०१६ का साँझ नयाँ बर्ष ई स.२०१७ को आगमनको पर्वसंगै मनाइयो ।

बेलायतबासी युवा नेपाली गीतकारहरु, गायक गयिकाहरु र पत्रकारहरु ईश्वर चाम्लिङ्ग राई, मितेश गरुङ, जानुका राई, किशोर गुरुङ, सीता शेरचन, कृष्णराज मयाङवो, अनिला राई, दिमक राई, किरण चाम्लिङ राई, नमराज राई, भूमिराज राई, प्रेम गरुङ, भूपदेव राई, किसन राई, मुकेश राईहरुका संयुक्त लगानीमा भरखरैमात्र बेलायत सरकारमा दर्ता भएको एभरेष्ट इन्टरटेन्टमेन्ट ई–मेडिया हब कम्पनीको उद्घाटन भयाे ।

उक्त कम्पनीका मेडिया बिभागका बिभागीय प्रमुख जानुका राईको स्वगत मन्तव्य दिएका थिए भने कम्पनीका बोर्ड अफ डारेक्टर ईश्वर चाम्लिङ राईले बेलायतबासी नेपाली समाज र नयाँ पुस्ताका लागि नेपाली भाषा, सहित्य, कला प्रतिभालाई उजागर गर्दै आफ्नो संस्कारलाई जीवित राख्ने उद्देश्यले यो कम्पनीको आरम्भ गरेको कुरो उपस्थित सबैलाई अवगत गराएका थिए ।

नेपालका चर्चित गायक नोरदेन तेन्जिङ भूटिया, एन आर एनको उपाध्यक्ष योग फगामी, रामबाबू गुरुङले कम्पनीलाई शुभकामना मन्तव्य दिने क्रममा बेलायतबासी नेपाली समाजका लागि यो कम्पनी नयाँ हो । र वर्तमान समाज र नयाँ युवापुस्ताका लागि यस किसिमका उद्देश्य लिएर खोलिएको कम्पनी एकदम आवश्यक रहेको छ भन्ने कुरो व्यक्त गरे । पुस्तौ पुस्तासम्म यो कम्पनीले निरन्तरता पायोस भन्दै कम्पनीको सफलताको कामना गरेका थिए ।

कम्पनीका सदस्यहरु किसन राई, अनिला राई, प्रेम गुरुङ, किसोर गुरुङ र कुष्णराज मयाङवोले गीत संगीतहरु पस्केर दर्शकहरुलाई मनोरञ्जन दिलाएका थिए ।

 क्याटेगोरीः प्रवास