इजरायल घेदुङद्वारा विद्यालयलाई सहयोग हस्तान्तरण

इसमता संवाददाता
काठमाडौ, बैशाख ७ं । नेपाल तामाङ घेदुङ इजरायलले कम्प्युटर खरिदको लागि विद्यालयलाई सहयोग रकम हस्तान्तरण गरेको छ । बैशाख ६ गते नेपाल तामाङ घेदुङको सभाहलमा एक कार्यक्रमको आयोजना गरी रकम हस्तान्तरण गरिएको हो ।
रामेछाप जिल्ला स्थित रामेछाप नपा वडा नं. ७ स्थित भालुखोपमा रहेको पटनादेवी आधारभूत विद्यालयलाई घेदुङका केन्द्रीय अध्यक्ष मोहन गोले तामाङले कम्प्युटर खरिदको लागि ६० हजार रुपैयाँ विद्यालयका शिक्षक उद्धवकुमार घिसिङ तामाङलाई हस्तान्तरण गरे ।
उक्त सहयोग रकम इजरायल घेदुङको शैक्षिक सहयोग कोषबाट रु. ५० हजार, इजरायल घेदुङका अध्यक्ष कल्पना मोक्तान तामाङबाट रु. ५ हजार र अनुशासन विभाग प्रमूख अनिल मोक्तान तामाङबाट रु. ५ हजार ब्यक्तिगत सहयोग समेतबाट सङ्कलन गरिएको इजरायलका पूर्व संरक्षक सुन्दरसिंह योन्जन तामाङले बताए ।

 क्याटेगोरीः समाज