आधा तहको गणना : महानगरपालिकामा सुस्तता

काठमाडौं, जेठ ४ । मतदान भएको ४ दिनपछि मात्र आधाजसो स्थानीय तहको मतगणनाको नतिजा प्रकाशित भएको छ । तीन प्रदेशका २ सय ८३ तहमा आइतबार मतदान भए पनि बुधबार रातिसम्म आधाजसो तहको मात्र परिणाम सार्वजनिक भएको छ ।ठूलो मतपत्र र मतगणनाको पूर्वतयारी नहुँदा गणनामा निकै ढिलासुस्ती देखिएको छ । एक लाखभन्दा बढी मत खसेका काठमाडौं, ललितपुर, भरतपुर र पोखरा महानगरपालिकाको मत गणना कहिले सम्पन्न होला भन्ने अनुमान लगाउनै गाह्रो छ ।

हालसम्म मत परिणाम सार्वजनिक भएका स्थानीय तहमा पुराना दल कांग्रेस र एमालेको नै अग्रता देखिएको छ । सशस्त्र युद्ध प्रभावित कर्णालीलगायतका क्षेत्रबाट उत्साहजनक विजयी हासिल गरेको एमाओवादी केन्द्र अन्य क्षेत्रमा भने निकै पछि परेको छ ।यो समाचार तयार पार्दासम्म एमालेले ५१ र कांग्रेसले ५१ तहमा जित हासिल गरेका छन् । एमालेले काठमाडौंको शंकरापुर नगरपालिका, म्याग्दीको बेनी नगरपालिका, दैलेखको चामुण्डा ब्रिन्दासैनी नगरपालिका, धुनिबेसी नगरपालिका, दोलखा जिरी नगरपालिकामा जित हासिल गरेको छ ।

यस्तै एमालेले हुम्लाको अदानचुली गाउँपालिका, स्याङ्जाको आँधीखोला गाउँपालिका, हरिनाश गाउँपालिका, खानीखोला गाउँपालिका, माछापुच्छ्रे गाउँपालिका, सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका, कालिका गाउँपालिका, रामेछाप उमाकुण्ड गाउँपालिका, गोकुलगंगा गाउँपालिका, मकवानपुरको इन्द्रसरोवर गाउँपालिका, कैलाश गाउँपालिका, मकवानपुरगढी गाउँपालिका, फलेबास गाउँपालिका, भैरवी गाउँपालिका, ठाँटीकाँध गाउँपालिका, महावु गाउँपालिका, थाक्रे गाउँपालिका, नेत्रावती गाउँपालिका, सिद्धलेक गाउँपालिकामा जितेको समाचार आजको अन्नपूर्णपोस्टमा छापिएको छ ।

तीन प्रदेशका २ सय ८३ तहमा आइतबार मतदान भए पनि बुधबार रातिसम्म आधाजसो तहको मात्र परिणाम सार्वजनिक भएको छ ।

कांग्रेसले मध्य नेपाल नगरपालिका, बागलुङको गल्कोट नगरपालिका, नीलकण्ठ नगरपालिकामा जित हासिल गरेको छ । यस्तै कांग्रेसले सुर्खेतको चिङगाड गाउँपालिका, काभ्रेको बेथानचोक गाउँपालिका, तेमाल गाउँपालिका, कास्कीको अन्नपूर्ण गाउँपालिका, जाजरकोटको बारेकोट गाउँपालिका, लमजुङको दूधपोखरी गाउँपालिका, सिन्धुलीको घ्याङलेख गाउँपालिका, निसिखोला गाउँपालिका, रसुवा उत्तरगया गाउँपालिका, नौकुण्ड गाउँपालिका, कालिका गाउँपालिका, मुगुको मुगुम कार्मारोंग गाउँपालिका, बकैया गाउँपालिका, पर्वतको पैयुँ गाउँपालिका, नुवाकोटको किस्पाङ गाउँपालिका, तादी गाउँपालिका, डुंगेश्वर गाउँपालिका, नवलपरासीको बुलिङटार गाउँपालिका, हुप्सेकोट गाउँपालिका, धादिङको खनियावास गाउँपालिका, गंगाजमुना गाउँपालिका, बैत्यश्वर गाउँपालिका, तनहुँको आँबुखैरेनी गाउँपालिकामा विजयी भएको छ ।

यस्तै माओवादी केन्द्र चंखेली गाउँपालिका, नाम्खा गाउँपालिका, रुकुमको त्रिवेणी गाउँपालिका, बाँफिकोट गाउँपालिका, ताराखोला गाउँपालिका, बागमती गाउँपालिका र बन्दीपुर गाउँपालिकामा विजयी भएको छ ।

 क्याटेगोरीः