आदिवासी जनजाति चलचित्रकर्मीहरुबिच एकता आवश्यक


इसमता संवाददाता
काठमाडौं, साउन २९ । सूचना तथा संचारमन्त्री मोहन बहादुर बस्नेतले नेपालका आदिवासी जनजाति चलचित्रकर्मीहरु एक भइ यस क्षेत्रको हित एवम् विकासका लागी अग्रसर हुनु आवश्यक रहेको बताएका छन् ।
विश्व आदिवासी जनजाति दिवसको सन्दर्भमा शनिबार आदिवासी जनजाति चलचित्र महासंघद्वारा काठमाडौंमा आयोजित चलचित्र प्रदर्शनी तथा अन्तक्र्रिया कार्यक्रममा मन्त्री बस्नेतले जनजाति चलचित्रकर्मीहरुले आफुले थालेको अभियानमा लक्ष्म प्राप्ती नभएसम्म निरन्तर अघि बढिरहनुपर्ने बताए । लक्ष्यमा नपुगुन्जेल संघर्षबाट पछि हट्न नहुने बस्नेतको भनाइ थियो ।
कार्यक्रममा चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष राजकुमार राईले जनजाति चलचित्रकर्मीहरुले पनि प्रक्रियामा आएर चलचित्र निर्माण गरेर राज्यबाट पाइने सुविधा लिनुपर्नेमा जोडस दिए । त्यसैगरी सांस्कृतिक संस्थानका अध्यक्ष राजेश थापाले कलाकारको लागि भनेर स्थापना गरिएको सांस्कृतिक संस्थानबाट आफुले जनजाति चलचित्रको विकासको लागी सक्दो योगदान दिने बताए ।
अन्त्रक्र्रिया पश्चात सोहि कार्यक्रममा राई समुदायको नागा र थारु समुदायको लाज चलचित्र प्रदर्शन गरीएको थियो । विभिन्न जनजाति समुदायको संस्कृति झल्किने नृत्यहरु पनि कार्यक्रममा प्रस्तुत गरिएको थियो ।