अस्पतालको रिपोर्टिंग ज्यानलाई असुरक्षा


अनुज मिश्र
नेपाल मात्र होइन विश्वकै सबैभन्दा शक्तिशाली र ठुलो  माफिया गिरोह भएको क्षेत्र स्वास्थ्यलाई  कसैले चुनौती गर्नु भन्दा पहिले बारम्बार सोच्नु पर्ने अवस्था  छ।
हाम्रो देशको सबैभन्दा ठुलो खुफिया बिभागहरू समेत यो क्षेत्रमा हात हाल्न अगावै बर्षों  लगाएर एक फाइल तयार गर्ने गरेका छन्। फाइल तयारपछि पनि पुनः यकीन गरेर मात्र सोधपुछ पक्रिया उनीमाथि शुरू गर्ने गरेको प्रयाप्त उदाहरण छ।  गरेपनि निर्दोष नै फस्नु परेको छ र दोषीलाई केहि नहुने, धरौटीमा छूट्ने, फरार हुने इत्यादि भएर आरामले बाँचेका माफियाहरू हेर्न धेरै मिल्छ।
नित्यदिन किडनीको तस्करी, डाक्टरले गरेको लापरवाही, स्वास्थ्य क्षेत्रमा भएको घोर-अपराधहरूलाई देश-विदेशमा  नाम चले मिडियाले पनि छापेर पनि तिनको केही नबिग्रेको सरह प्रगति भएको हालकै प्रगतिविवरणको भाव छ। जून विवरण कतै हेर्न जानु पर्दैन, यो सत्यलाई सबैले आत्म स्वीकारे गरेर स्वास्थ्य माफ़ियाहरू लामो समय देखि राखेको मौनताबाट  प्रश्टिन्छ।
 अड्ड़ी गाडेर बसेको  स्वाथ्य  माफ़ियाहरूको ठुलो  केंद्र भनेको नै अस्पातल हुन्छ  जहाँ दिनहुँ मानव ज्ञानेन्द्रियहरुको भयंकर तस्करी चल्ने गर्छ। जसको समचार बन्दै बन्दैन। जून समाचार सँवाददातालाई घातक बढ़ी छ।
आश्चर्यको कुरा के छ भने त्यस्ता माफ़ियाहरूलाई आज केहि मोफसलका युवा पत्रकारहरु मिलेर नि:वस्त्र गरेका छन्।
 माफ़ियाहरुको केंद्र बनेको मधेसको जनकपुरको अंचल अस्पताललाई माफिया मुक्त गराउन युवाहरुले रात्रि भरी जागेर  सिटीजन जर्नलिज्मको सहारा लिदैं अस्पातल भित्र   भैरहेको यथार्थहरूलाई आम जनता समक्ष ल्याउने प्रयत्नलाई ‘सर्जिकल स्ट्राइक ‘ नाम दिएर माफ़ियाहरूलाई निःवस्त्र गरेका हुन्।
जसलाई ज्यामनमा खेलिएको एक मूर्ख आँटको संज्ञा दिने समेतहरू  छन्।
जसको परिणाम अहिलेसम्म स्वास्थ्य माफिया विरुद्ध जाग्नेहरुको हालत हेरेर यकीन गर्न सकिन्छ। त्यस्ताहरूलाई उनि चूप लगाउन माफ़ियाहरुले मोहिनी र कडा धम्की दिई चुप लगाउन खोजेका छन भने चूप न लागेको खण्डमा  भौतिक कारवाही समेत गरेका छन्।
यसरी सबैभन्दा ठुलो  क्षेत्र र शक्ति भएको माफिया बिरुद्ध फालोअप सहित लाग्ने पत्रकार अजय अनुरागी, युवा अभियंता सरोज मिश्र, पत्रकार घनश्याम मिश्र लगायत उनीसँग उपस्थित सबै व्यक्तिको ज्यानको असुरक्षा उनी स्वयं न स्वीकारे पनि लाइव हेर्नेहरुतीर सबैलाई महशुस  हुन थालेको छ।
यसैले उनी उत्थान गरेको हिम्मतलाई सलाम गर्दै सकभर धेरै  शेयर गरी दोषीलाई कारवाही सम्म पुगाउने उनको आँट र अस्पताल सुधारने उनको अभियानलाई न्याय भेटोस्।
सम्बंधित असप्तालको अवस्थाबारेको जानकरी भिडियो र फालोअप भिडियो लिंकहरु तल राखिएको छ।

 क्याटेगोरीः स्वास्थ्य