अष्ट्रेलियामा नेपालीहरुले कृतिमान  कायम


इसमता संवाददाता

काठमाडौं, पौष २१ । नेपाली संघीय समाज अष्ट्रेलियाको आयोजनामा  भएको  अष्ट्रेलियाको सबैभन्दा अग्लो शिखर Mt Kosciuszko (2228m.) को आरोहणमा एकै  चोटी ४९ जाना नेपालीहरुको समूहले शिखरमा  पुग्न सफल भएको थियो  यति ठुलो संख्या एउटै देशबाट एकै  पटक  पुगी विश्व कीर्तिमान कायम गरिएको हो  ।

यस शिखर आरोहणमा  हिमाल, पहाड़, तराई, पूर्ब र पश्चिमका २ बर्ष देखि ८२ बर्ष सम्मका मानिसहरुको सहभागिता रहेको थियो I  टोलीमा २ बर्षका युवान  बस्नेत र ८२ बर्षका देवानन्दन साह तेली  समेत रहेको थियो  ।

५७ जना नेपालीहरुको सहभागिता रहेकोमा  ४९ जनाले मात्र सफलता पुर्वक शिखर पुग्न सफल भएको  थिए I४९ जनामा पुरुष तर्फ नवांग ग्यल्जे  शेर्पाले चेयर लिफ्ट  बाहेक १ घंटा ३५ मिनट हिडेर प्रथम भयका थियो भने महिला तर्फ उपमा कार्कीले १ घंटा ५० मिनेटमा शिखर पुगी प्रथम भएको  थियो  ।

Mt Kosciuszko को चुचुरो २ हजार २ सय २८ मिटर उचाईमा रहेको छ । आयोजक गणेश तामांगका अनुसार  ३ दिने कार्यक्रम अत्यान्तै सफलतापुर्बक सम्पन्न भएको बताउनु भएको थियो  ।

 क्याटेगोरीः प्रवास