अन्तर्राष्ट्रिय व्यापार मेलाको तेश्रो दिन

इसमता संवादाताता
भक्तपुर, २६ मंसिर । अन्तर्राष्ट्रिय व्यापार मेलामा श्रीलंकाका सेक्रेटरी जनरल अजित परेरा र हिमालयन एयरलायन्सका प्रेसिडेन्ट क्याप्टेन जाओबीच दुईपक्षीय वार्ता भएको छ ।
फेडेरेशन अफ चेम्बरर्स अफ कमर्स एन्ड इन्डष्ट्रिज् अफ श्रीलंकाका सेक्रेटरी जनरल अजित परेरा र हिमालयन एयरलायन्सका प्रेसिडेन्ट क्याप्टेन जाओबीच मेलाको अवसरमा दुईपक्षीय वार्ता भएको हो ।
वार्ताले दुबै पक्षबीचको सम्बन्धलाई अझ मजबुत बनाउन र एकआपसको व्यापार व्यवसाय अभिवृद्धि गर्ने विषयमा छलफल भएको थियो ।
भक्तपुर अन्तर्राष्ट्रिय व्यापार मेलाको तेस्रो दिन (आइतबार)का दिन सहभागी अन्य अवलोकनकर्ताहरुसँगै ती दुईले पनि अवलोकन गर्दै मेलाको व्यवस्थापन पक्ष निक्कै व्यवस्थित रहेको प्रतिmक्रिया दिएको मेलाका संयोजक राजुमृगेन्द्र जोशीले बताए ।
भक्तपुर उद्योग वाणिज्य संघको स्वर्ण महोत्सवको उपलक्ष्यमा भक्तपुरको सल्लाघारीस्थित १ सय ८ रोपनीको जग्गामा जारी मेलामा सहभागिता जनाउँदै उनीहरुले मेला व्यवस्थित र भव्य रहेको प्रतिक्रिया दिए ।
संयोजक जोशीले श्रीलंकाका सेक्रेटरी जनरल अजित परेराले आगामी सेप्टेम्बर २०१७ मा श्रीलंकामा हुने हुने मेलामा भक्तपुर चेम्बरलाई पनि निमन्त्रणा दिएको बताउँदै भक्तपुरमा भएको मेलाबाट आफू प्रफुल्लित भएको प्रतिक्रिया दिएको बताए ।

 क्याटेगोरीः अर्थ