अदालतकै कर्मचारी घुससहित पक्राउ

काठमाडौं, पुस २३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत ललितपुरका एकजना नायब सुब्बालाई सेवाग्राहीसँग घुस लिँदालिँदै पक्राउ गरेको छ ।

जिल्ला अदालतमा कार्यरत नायब सुब्बा श्याम अर्याल २ लाख रुपैयाँ घुस लिएको रकमसहित पक्राउ परेका हुन् । अदालतवाट सफाइ पाइसकेका एक व्यक्तिलाई पुनः मुद्दामा फसाइदिने धम्की दिएर तीन लाख रुपैयाँ मागेपछि पीडितले दिएको उजुरीका आधारमा उनी पक्राउ परेका हुन् ।समाचार आजको राजधानीमा छापिएको छ ।

अर्याललाई अख्तियारको टोलीले सातदोबाटोस्थित बाजेको सेकुवा घरबाट घुससहित नियन्त्रणमा लिएर अनुसन्धान थालेको अख्तियारका प्रवक्ता जीवराज कोइरालाले बताए । अख्तियारले अदालतकै कर्मचारीलाई घुस रकमसहित पक्राउ गरेको सम्भवतः यो पहिलो घटना हो ।

 क्याटेगोरीः