अत्याधुनिक एआई उन्नत प्रबिधितर्फ बढ्दैछ चीन


लोक नारायण सुबेदी
यतिबेला चीन सरकारले आर्टिफिसियल इण्टेलिजेन्स(एआई)मा बिशेष जोड दिइरहेको छ । यस उन्नत प्रबिधिको क्षेत्रमा आउँदो दशकसम्ममा बिश्वको अगुवा बन्ने योजनाकासाथ गएको साता मात्रै चीनले एउटा महत्वाकांक्षी योजनाको घोषणा गरेको छ । यो घोषणा अनुसार आउदो २०२० सम्ममा चीनले एआई टेक्नोलोजीमा तीब्र गति लिनेछ, २०२५ सम्ममा उसले यसमा धेरै ठूल्ठूला उपलब्धीहरु हासिल गरिसक्ने छ र २०३० सम्ममा बिश्वमै चीन यस क्षेत्रको बादशाह बन्नेछ । बिश्वमा लामो समयदेखि एआईलाई रचनात्मकता र बिकासको अग्रिम मोर्चाको रुपमा हेरिदै आएको हो । किनभने यसको उपयोग कुनै पनि क्षेत्रमा अगाणित क्षेत्रमा हुन सक्तछ ।
अर्थतन्त्रको क्षेत्रमा यसको उपादेशयतालाई लिएर अर्थशास्त्रीहरु निरन्तर के कुरा भन्दै आएका छन् भने चीनीयाँ अर्थब्यवस्थामा ठहरावको स्थिति आउन सक्ने खतराको बादल मडारिइरहेको छ । त्यसैले चीनले अर्थतन्त्रमा नयाँ रक्त सञ्चार गराएर यसलाई पुनर्जीवन दिएर अघि बढाउनका निमित्त केही नयाँ र रचनात्मक तरीका अपाउन खोजेको छ । चीनको सरकारी प्रशासन पनि म्यानुफ्याक्चरिङ्गमा आधारित मोडेलबाट हाईटेकमा आधारित मोडेलमा अर्थब्यबस्थालाई पुनर्संठित गर्ने ठूलो कोशिश गरिरहेको छ । यसै रणनीतिमा केन्द्रित भएर एआईलाई उसले ठूलो महत्व दिइरहेको पनि हो । चीनको स्टेट काउन्सिल अर्थात क्याबिनेटले हालैको आफ्नो एउटा बयानमा के भनिएको छ भने बिश्वमा एउटा शीर्षस्थ रचनात्मक देश र आर्थिक शक्तिकोरुपमा चीनलाई स्थापित गर्नका नबीन टेक्नोलोजी अत्यन्तै महत्वपूर्ण छ ।
चीनले एआईमा बिशेष जोड दिनुको पछाडि यसको बिशाल डाटा भण्डारलाई पनि प्रयुक्त गर्ने इच्छा शक्ति सामेल छ । चीनसँग यतिबेला ७३ करोड इण्टरनेट यूजर्सहरु रहेका छन् र त्यहाँ सबैभन्दा बढी स्मार्ट फोन उपयोग गर्ने यूजर्सहरु छन् । यत्तिका बिशाल डाटा सञ्जाल, स्थानीय एआईले डेभ्लोपर्सलाई टेस्ट र टेक्नोलोजीमा सुधारको अत्यन्तै राम्रो अवसर प्रदान गर्दछ । डाटा बेस लगातार अझ ब्यापक र बिस्तृत हुँदै तथा बढ्दै जाने भएको कुरालाई ध्यानमा राखे नै चीनमा गएको जून महिनामा नै नयाँ साइबर सेक्यूरिटी कानुन पनि ल्याएको हो । यस अन्तरगत कम्पनीहरुका लागि यूजर्सका डाटाहरुलाई चीन भित्र कायम रहेको सर्बर (सेवाप्रदायक) माथि नै डाटा राख्न अनिवार्य बनाइएको छ । स्थानीय कम्पनीहरुले पनि भबिष्यमा आउने अवसरलाई अनुमान र आकलन गर्दै एआईमा ठूलो लगानी गर्न आरम्भ गरिसकेका छन् ।
आगामी २०१९ सम्ममा पाँच अर्ब डलर पार गर्नेछन् चीनमा यस सम्बन्धि उद्योगरुले । चीनका तीनवटा ठूला टेक कम्पनीहरु – बाइदू, टेन्सेण्ट र अलीबाबाले अहिले यो एआईमा ठूलो लगानी गरेका छन् । बाइदूका अध्यक्ष झ्याङ्ग याकिनका अनुसार यस क्षेत्रमा चीनले चाँडै नै अमेरिकालाई पछाडि छोडिदिने छ । आई. आई. मिडिया रिसर्चका अनुसार चीनको इआई उद्योगको २०१६ को बिकास दर ४३.३ प्रतिशत थियो अनि कूल ब्यापार १.४७ अर्ब डरल नाघिसकेको थियो । चालु २०१७ र आउदो २०१९ का बीचमा क्रमशः यो दर अझ बढ्दै गएर २.२ र ५.१ अर्ब डलर हुने अनुमान र अपेक्षा गरिएको छ । तर आलोचकहरु के भन्दैछन् भने एआईसँग सम्वन्धित उपकरणरुले वास्तबमा चीनको सेन्सरशीपमा नै मद्दत गर्नेछ र अनलाईन सामाग्रीहरुमा प्रतिबन्धको दायरा बढ्न जानेछ ।
यो एआई टेक्नोलोजीको उपयोग रक्षा क्षेत्रमा पनि गर्ने सम्भावना छ । रक्षा क्षेत्रमा यसलाई प्रयुक्त गरिने सम्बन्धमा चीनका नेशनल यूनिभर्सिटी अफ डिफेन्स टेक्नोलोजीका प्रोफेसर भूm क्वीचाओले भनेका छन् – ‘‘एआईमा रक्षा प्रबिधि(टेक्नोलोजी)लाई काल्पनिकताबाट यथार्थमा पूरै बदल्दिने क्षमता छ । यस पक्षलाई नजरअन्दाज गर्न सकिदैन ।’’ चीनीया सरकारले त पहिलादेखि नै रक्षा क्षेत्रमा उन्नत प्रबिधि अर्थात नबीनतम् टेक्नोलोटी सामेल गर्नका लागि आह्वान गरिने सकेको नै हो । चीनको स्टेट काउन्सिल अर्थात मन्त्रीपरिषदको योजना अनुसार ‘‘बिकासका नयाँ चरणहरुमा हामीले आर्टिफिसियल इण्टेलिजेन्सलाई सामेल गर्ने अवसरको निश्चयनै फाइदा उठाउनु पर्दछ ।’’ चीनको स्वदेशी रक्षा उद्योगले पहिलादेखि नै प्रक्षेपास्त्र(मिसाईल)देखि लिएर ड्रोनसम्मको उत्पादन गर्दै आएको र त्यसमा यसको उपयोग गर्दै आएको छ ।
चीनको प्रतिष्ठित पत्रिका चाईना डेलीका अनुसार ‘चीनले उच्च र उन्नत प्रबिधि भएको यो आर्टिफिसियल इण्टेलिजन्समा आधारित क्रुज प्रक्षेपास्त्रहरु बिकास गरिरहेको छ’ । गएको जून महिनामा ‘चाइना इलेक्ट्रोनिक टेक्नोलोजी गु्रप कर्पोरेशन’ ले के दाबी गरेको थियो भने उसले यो एआई टेक्नोलोजीको उपयोग गरेर ११९ वटा ड्रोनहरुलाई एकैसाथ उडाएको थियो । बितेको महिनामा अमेरिकाले पनि आफ्ना देशका एआई कम्पनीमा चीनीयाँ लगानीका बारेमा चिन्ता प्रकट गरेको थियो । अमेरिकालाई के डर लागिरहेको प्रतीत हुन्छ भने अमेरिकी टेक्नोलोजीलाई चीनले आफ्नो सैनिक क्षमता बढाउन उपयोग गर्न सक्तछ । चीनका प्रधानमन्त्री ली केकियाङ्गले नेशनल पिपुल्स काग्रेसमा गएको मार्चमा एक सरकारी प्रतिबेदन प्रस्तुत गरका थिए जसमा एआईलाई पहिलो पटक तीब्र गतिले उदाउन लागेको रणनीतिक उद्योगकोरुपमा प्रस्तुत गरेका थिए । गएको मे महिनामा नै चीनीयाँ राष्ट्रपति शी जिनपिङले पनि ‘वान बेल्ट वान रोड’ बिषयमा आफुले भाषण गर्दा यस महत्वपूर्ण प्रबिधिको उल्लेख गरिसकेका हुन् ।
बिगतमा पनि चीनले अन्य आधारभूत उद्योगहरुमा आफ्नो पूरै राजनीतिक शक्ति लगाएको हो । जस्तो कि नबिकरणीय ऊर्जा(रिन्यूएबल इनर्जी)का सम्वन्धमा उसले ठूलो सफलता पनि प्राप्त गरेको हो । यद्यपि समाज र रोजगारीको अवसरमा यसको प्रभावलाई लिएर भने बरिष्ठा अधिकारीहरुले पनि चिन्ता जनाइसकेका छन् । ‘साईन्स एण्ड टेक्नोलोजी’ मामिलामा उपप्रधान मन्त्री वाङ्ग झिगेङ भन्छन् – ‘‘अरु उन्नत प्रबिधिहरुले जस्तै एआईले पनि केही समस्याहरु आफुसँग लिएर आउछ नै जस्तो कि बेरोजगारी, सामाजिक नैतिकतामा पतन तथा यतिसम्म कि अन्तर्राष्ट्रिय सम्वन्धका सिद्धान्तहरुमा चूनौतिहरु पनि आउन सक्तछन् ।’’
यद्यपि यो उन्नत प्रबिधि एआईको बिकासले सर्बत्र जसरी उन्नति लिएर आउँदछ त्यस आधारमा यी समस्याहरु पनि हल गर्न यसले अन्ततः मद्दत नै गर्दछ र सबै बैज्ञानिक प्रबिधिहरुले मानब समाजलाई अप्ठ््यारो पार्ने होइन कि सहज र सुखमय बनाउने किसिमले सदुपयोग गरिनु पर्ने कुरामा चीनका सबै सरोकारवालाहरुको मतैक्यता रहेको पाइन्छ । उन्नत प्रबिधिले मानब श्रम (बौद्धिक तथा शारिरीक) लाई बिस्थापित गर्ने स्थितिबाट कसरी जोगिने र जोगिने उपायहरुको खोजी गर्ने हो त्यतातिर पनि चीन सचेत र सक्रिय रहँदै आएको देखिन्छ ।

 क्याटेगोरीः विश्व