अम्री


-तेजमाया मुरह ब्रस्मा दुमी राई

 

धाम्रोपो रेक्स भुमुलबी,

कुयुममायुम सात्लु घोई,

मसुबुपो काफेबी,

यसुभुपो उर्जुमबी,

वार्तिभुपो सुलतो रिरामबी,

डिभुसीपो गुर्जुमघोइ,

साम्फेलु चोइ,

खानुप्पा सल पत्मुत्ता, किक्मुता उ होप अम्री

तेत्नाक, आबोपो थेर्सा लोक: आबोपो रिरामबि किक्तो,

पत्नुपो घोभुक्तोने गोता अम्रीपो,

तेय भुक्तोपो ङुक्सु पुमा पत्तुन अम्री ,

हाक्सा रेसु रेतो पत्ता हानातोतो अम्री,

तेत्नाक अम्री चारीबी पत्पु पुमामुल भन्दा

हारिमी गोता, झिरा गोता, मलुम मोइक माबन्पु गोता अम्री

अम्री मिन्दी मुतुन पुकुम पुखुपो ,

आस्तुन कङ्कु कुत्नु आबोए ,

नात नु मुता कम्मपोष्टपो,

अम्री राम्ता नुलुभोरीपो नाम्छोबि,

चाप्तुन नम्छोपो रापआ हुत्नु अम्री,

कुयुमसाजुमकाइ लाप्पा चेम्ता अम्री,

युङ्सतिन हिनाए बोरु पुम्सतुक कोपी छुक्ता,

पत्ता सात्लुभोरी नुवा रङ थुक्खन्ता बासुन,

छुक्ता खानुप्पा लल चोमुलपो ।

देर्खन्ता कुम्सो भुपो युङसा भुमुल,

अम्री मिस्ताक य मामिस्पु छुक्तो लिस्बाक्ता ।

देर्जोता किरावा गन्दरी क सिकिपरीबी,

जेजोता मुन्दुमबि, लोकचोबि, बफ्याक्सुबि, सिल्दुङ्माबि ।

अम्री पत्जोता, लु धाम्रोलक मिनपो खिरीचोतुम्बु,

अम्री पत्जोता याकायाकातुम्बु….!

(लाम्दिजा-६ खोटाङ)

sunakhari_orchid_Flower4

नेपालीमा अनुवाद ः

सुनखरी

भीरको अग्लो जगरगाँठे रुखहरुमा,

अतब्य जंगलको विचहरुमा,

बोहोरीको कापहरुमा,

चिलाउनेको हाँगाहरुमा,

उतिसको चिप्लदो आङ्हरुमा ,

कटुसको घारीहरुमा,

चट्टानी टाकुराहरुमा,

सुन्दर वैँश फुलाउछ र झुन्डाउछ  भीरहरुमा,

आफूलाई सुनखरी ।

यसरी, भीरहरुमा लट्किएर,

कसैको आङमा टासिएर, झुन्डिएर,

फक्रनुको अन्तर ब्याथात छदैछ सुनखरीको,

तर पनि पिडाको रुञ्चे फूल फुल्दैन सुनखरी

उन्मुक्त हासो हासेर निस्फिक्रि फुलिदिन्छ सुनखरी ,

अनित सुनखरी टारी र बारीमा फुल्ने फूलहरु भन्दा

साहासी छ, बहादुर छ चोखो अनि सुरक्षित छ सुनखरी ।

सुनखरी आसा गर्दैन मटेउलो माटोको,

भन्दैन जल चढाउनु कसैलाई दिनानुदिन ,

नत आसा गर्छ कम्पोस्टकोनै ।

सुनखरी रापिन्छ  टन्टलापूर घाममा,

सक्दैन घामको तापले डढाउन  सुनखरी,

आँधि र हुरी सित खेल्छ लाप्पा सुनखरी,

हार्दैन कहिले  बरु कसिलो बनेर  कोपिलिन्छन्

फुलिदिन्छ बनै भरी नवै रंगी, छरिदिन्छ सुबास ,

बनिदिन्छ ब्यूटी क्राउन टाकुराहरुको ।

सिंगारी दिन्छ बुढो रुखको निरीह झाङहरु

सुनखरी मरेर पनि अमर भई बाचीरहन्छ ।

फलाकिन्छ मुद्दुमका थुतुरी वेदमा,

सजिरहन्छ किराती  कलामा,

बोलिरहन्छ मुद्दुममा, लोक्चोमा, बफ्याक्सुमा, सिल्दुङमामा

फुलीरहन्छ, चट्टानी भीरदेखि मानवीय शीरैसम्म ।

सुनखरी बाचिरहन्छ सहासी जीबन अनन्त अनन्त…………

 

अम्री(सुनखरी)

किराती संस्कार, संस्कृतिमा सुनखरीको विशेष महत्व हुन्छ । जस्तै: किराती नक्छो(धामी)हरूले लगाउने पोषाक, सिलिदुङ र सानो झोला(जहाँ चिण्डो, अक्षता, अदुवा मुद्दुमी सामाग्री बोक्ने गरिन्छ) सुनखरीद्वारा तयार गरिएको हुन्छ ।  भने किराती समुदयका महिला पुरुषहरूले सुनखरीद्ववरा बनाईएका सौन्दर्य सजावटको सामाग्रीहरू अम्लरी अम्पलु(विषेश चोलीको तुनामा, कोटमा फुलसरह खिलेर लगाउने फूल) झुम्का फुर्का लाछा आदि को रुपमा प्रयोग गर्दछन् ।

लोक्चो-नागीरे(भुमे देउता निकाल्न सक्ने शक्ती भएको धामी, जो सेले(बाहय सतही बाटो) खादिम(भित्री धर्ती मुनीको बाटो खेद्दन सक्ने हिड्न सक्ने) धामीले विशेष जिउमा लगाउने लुगा ।

मुद्दुम-किरातीहरूको बेद ।

थुतुरी-परापूर्व कालदेखि मौखिक रुपमा अनुसरण वा वाचन गर्दै आएको बोलीहरू ।

बफ्याक्सु-धामीहरूले बोक्ने विशेष प्रकारको सानो झोला ।

सिल्दुङ-धामीहरूले शिरमा लगाउने सुनखरीजडित श्रीपेच ।

 

 

 

 

 

सम्बन्धित लेखहरु

 क्याटेगोरीः दुमी