राई सर / राईनी म्याडमका नाममा


–निनाम लोवात्ती कुलुङ
२१ जुनमा ईसमता अनलाइनमा प्रकाशित मेरो लेख ‘राई साँच्चै जात हो ?’ शीर्षकको लेखलाई धेरैले मन पराए । जुन एकजना लेखकका लागि खुसीको कुरो हो । तर, उक्त लेखमा कमेन्ट गर्नेहरुमध्ये केहीले नक्कली नाममा अनेक कूतर्क गर्न खोजेका छ्न् । जस्तै पहिले जय नेपाल भनेर कमेन्ट गर्ने मान्छे (पाठक) जसले २५ जुनमा कमेन्ट गरेका थिए पछि उनी बिद्रोही मान्छे भए । २५ जुनकै उनको जिज्ञासाको जवाफ दिनेक्रममा यो पंक्तिकारले किन असली परिचय लुकाउनु हुन्छ ? असली परिचयमा लेख्नुस्, बहस गर्नुस् न ! भन्दा असली परिचय लुकाएको छैन भनेका थिए । अनि हजुरको नाम जय नेपाल नै हो त ? भनी प्रश्न गरेको थिएँ । त्यसपछि उनले आफ्नो असली परिचय दिनु वा असली परिचयमा बहस, छलफलमा उत्रनुको सट्टा बिद्रोही मान्छेको अर्को फेसबुक आइडीमा देखा परेका छन् । तर, फोटोको ठाउँमा सूर्य÷घाम जस्तो आकृति राखेको हुनाले जुन आकृति दुबै नाममा मिल्छ, जय नेपाल भनेर गरेको कमेन्ट पनि वालमा आजका मितिसम्म सुरक्षित नै छ ।

 
अर्को पाठकले फेसबुक आइडीमा knownothing kiranti को नाममा कमेन्ट गरेका छन् भने, उनको फेसबुक आइडीमा दुईजनाको फोटो जोडेर राखेको देखिन्छ । उनले २१ जुनको लेखको कमेन्ट जुलाई १२ मा मात्रै गरेका छन् । हुन त सबैभन्दा पहिले मेरो लेखको कमेन्ट २१ जुनमै Dev kurung  रSumaya Rai ले गरेका थिए । जसमध्ये देव कुरुङको को हुन् ? भन्नेबारेमा यो पंक्तिकारलाई थाहा नभए तापनि सुमाया राई भने कथित् राई जातिको नाममा खुलेको राई यायोक्खा नामक एनजिओ (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६) का अध्यक्ष पनि भएकी थिइन् । त्यसैले उनले गरेको मेरो लेखमाथिको टिप्पणीको जवाफ दिएपछि उनी चुप भइन् । किनभने राई यायोक्खाले कुलुङ लगायत किराती जातिहरुले मागेको चलाएको जातीय स्वपहिचानको आन्दोलनमा कसरी भाँजो हाल्दै आएको छ ?

 

कुलुङ लगायतका किरातीहरुलाई अलग्गै जातिको रुपमा आदिवासी जनजाति सूचीमा सूचीकृत हुन नदिन डाक्टर ओम गुरुङले २०६६ मा सरकारलाई बुझाएको प्रतिवेदन कसरी रद्धीको टोकरीमा मिल्काउन लगाईयो ? वा भनौं ओम गुरुङको कार्यदलमा राई यायोक्खाको सिफासिसमा सहभागी भएका एकजना राई सरले प्रतिवेदन सार्वजनिक हुनुअघि नै राई यायोक्खालाई सूचना दिएपछि त्यसलाई कार्यन्ययनमा आउन नदिन राई यायोक्खाले के कसरी भूमिका खेल्यो ? भन्नेबारेमा सुमाया राईनी म्याडमलाई राम्रैसँग थाहा थियो । त्यस्तै मेरो लेखको कमेन्ट गर्नेहरुमा सन्जय लामा, राई निरज किराती, सुनिल वाम्बुले राई, हरि लिम्बु, हालसम्म राई प्रथा कायमै रहेको भए ‘अमाली राई’ हुने डम्बर लोहोरुङ, पीवी कुलुङ, च्वाइस किराती, भीम राई, पान्डव किरात, जय नेपाल (जो पछि बिद्रोही मान्छे भएका छन्) र knownothing kiranti थिए । तर, यी मध्ये नक्कली नाममा कमेन्ट गर्नेहरुको ‘पेट बोली’ अर्थात् आशय ठीक थिएन कि ? भन्ने लाग्छ । किनभने यो पंक्तिकारले ती नक्कली आइडीवालाहरुलाई जवाफदिने क्रममा तर्कको लागि कूतर्क नगरौं, गुइये तर्क नगरौं र, अझ आमाको गर्भमै सबै कुरो जानेको गर्भे बुद्धिजीवी नबनौं ।

 

मैले उक्त लेखमा लेखेको लेख मनगढन्ते होइन, विभिन्न आधारहरु छन् । यदि मेरो लेखमा उठाएको विषय, लेखमा दिएको उदाहरण, तथ्य–प्रमाणहरु सही लाग्दैन वा सही होइन जस्तो लाग्छ भने, फलानोलाई सोध्नुहोस्, फलानोलाई … भनेर भनेकै छु । किनभने विज्ञानले प्रमाण खोज्छ । तर, उनीहरु विगतमा राई भएका बस्नेत क्षेत्री लगायत अन्य असली राई भई खाएकाहरुको मोबाइल वा फोन नम्बर पनि दिन्छु भन्दा पनि एकोहोरो ढंगले आबा न चाबाको गुइये तर्क गरीरहेका छन् । यसरी कथित् राई जाति राईवाला राईवादी सरहरु नक्कली फेसबुक आइडी बनाउँदै कूतर्क, अझ भनौं ‘गुइये तर्क’ गरीरहने ? यो के को संकेत हो ? हुन रातोपाटी अनलाइनमा डाक्टर बद्रीविशाल पोखरेलले २०७४ असार २७ गते लेखेका छन् ‘अक्सर कुनै पनि व्यक्ति, शक्ति पार्टीसित विपक्षीसँग प्रतिवाद गर्ने उचित र उपयुक्त तर्कको अभाव भएपछि उसले कूतर्कको सहारा लिन्छ् ।’ त्यस्तै हो कि ? मेरो ‘के राई साँच्चै जात हो ?’ शीर्षकको लेखमाथि अनेक नाममा नक्कली आइडी परिचय खोलेर गुइये तर्क गर्ने राईसर राईनी म्याडहरुको नियत पनि ? यदि त्यसो हो भने, गाउँघरमा एउटा भनाइ प्रचलित छ, ‘त्यसै त गुहू, त्यसमाथि सुकेको गुहू !’ त्यसैले यो पंक्तिकार पनि सुकेको गुहूलाई पटकपटक कोट्याउँदैन, अबका दिनमा । अहिलेलाई तल केही प्रश्नहरु सार्वजनिक रुपमा राईवाला सर म्याडमहरुलाई तल राखेको छु ।
१, हो, राईवाला सरहरु !! म फेरि पनि हजुरहरु जस्तो सर्वज्ञ र गर्भे बुद्धिजीवी नभए तापनि ! सर म्याडमहरुले उठाएको प्रश्नको छिनोफानो होस् भन्ने चाहन्छु । जस्तो पहिचान भनेको –‘झिँगाको टाउको होस् कि ? ह्वेल माछाको ? आखिर पहिचान त सबैको हुन्छ नि होइन र ?’
२, हजुरहरु ‘महागुइये’ नै भए तापनि वास्तविकता जान्न चाहने हो भने, धैर्यता छ भने, अझै पनि सोलुखुम्बुको सोताङमा बस्नेत क्षेत्रीहरु कसरी राई भए ? भन्नेबारेमा सोध्नु खोज्नु होला । त्यसका लागि म त्यो बेला राई भएका छत्रध्वोज बस्नेतको मोबाइल फोन नम्बर दिन तयार छु । किनभने उनी २०२१ सालमा आएको भूमिसुधार ऐन पूर्ण रुपमा गाउँगाउँमा लागू हुनु अघिसम्म राई भएका थिए ।
३, भोजपुरको मुकारुङ खलकका छोरानातिहरु हाल काठमाण्डौमै छन्, उनीहरुलाई पनि सोध्दा हुन्छ, राई के हो ? भन्नेबारेमा । किनभने, उनीहरुका बुबा÷हजुर बुबा परशुराम राई जो ठूलो राई ! ५२ पगरीका राई थिए ।
४, त्यस्तै संखुवासभाको पाङमा गाउँका ‘अमाली राई’ जुद्धबहादुर राईका जेठो छोरो डम्बर लोहोरुङ पनि हाल काठमाण्डौमै हुनुहुन्छ, उहाँलाई पनि राई के हो ? भन्नेबारेमा वास्तविकता सोध्दा हुन्छ । उहाँले ‘के राई साँच्चै जात हो ?’ भन्ने लेखमा पनि कमेन्ट गर्नु भएको थियो ।
५, तर, केवल निहुँ खोज्नलाई अर्थात् गुइये तर्क गर्ने र लिँडेढिपी गर्ने हो भने केही भन्नु छैन । गर्भे बुद्धिजीवी सर्वज्ञ राईसर राईनी म्याडहरुको आशय त्यही हो त ?
७, यदि हो भने, ‘त्यसै त गुहू, त्यसमाथि सुकेको गुहू’ भनेपछि किन कोट्याउनु !? त्यसैले अबदेखि कहिल्यै पनि कोटट्याउँदिन !
८, कति नै जान्ने सुन्ने, सर्वज्ञ र गर्भे बुद्धिजीवी भएजस्तो गरेर तागाधारी, सेतामगुरालीको कुरो ल्याउने ?
९, जसले अरुको जातीय स्वपहिचान मेट्न खोज्छ, ऊ अर्थात् कथित् राई (राईवादी !?) सरहरु धमिरा हो कि ? हामी जस्ता विगतमा राई भन्नाले जाति जनाउँदैन थिएछ, त्यसैले हामी कतिथ् राई हटाएर आफ्नाे जातीय पहिचान जे हो, त्यसैले चिनिनुपर्छ वा चिनिन चाहन्छौं भन्नेहरु धमिरा हौं ?
१०, अनि २०६८ को राष्ट्रिय जनगणनामा आएका आठपहरिया, कुलुङ, बाहिङ, लोहोरुङ, साम्पाङ, थुलुङ लगायत १२ वटा किराती जातिहरु जो विगतमा कथित् राई भनी चिनिन्थे, उनीहरुलाई हजुरहरु जस्तो तर्कको लागि खालि गुइये तर्क गर्ने र सर्वज्ञ हौं भन्नेहरुले अब के गर्नु वा भन्नुहुन्छ ?
११, मुख्य कुरो यदि कसैलाई पहिचानै चाहिँदैन भने पनि ठीकै छ, उनीहरुलाई कसैले पनि जबरजस्ती ‘तेरो पहिचान राई नै हो, तेरो पहिचान गाई नै हो, तेरो पहिचान गोरु नै हो, तेरो पहिचान भैंसी नै हो, तेरो पहिचान राँगा नै हो, तेरो पहिचान बाख्रा नै हो, तेरो पहिचान बोका नै हो !’ भनीरहन जरुरी छैन । निश्चय नै राई सरहरु जस्तो यो पंक्तिकार सर्वज्ञाता होइन भन्ने माथि नै भनियो । तर, यो पंक्तिकार लाटोबुङो नै भए तापनि त्यसमा प्रस्ट छ ।
१२, लाटोबुङो नै भए तापनि अझै पनि म के भन्छु भने, विगतमा राई भन्नाले कुनै जात वा जाति जनाउँदैन थियो भन्नेबारेमा कयौं देशी विदेशी लेखक, खोज–अनुसन्धान गर्नेहरुले लेखेका छन् । अतः राई के हो ? भन्नेबारेमा पढेर, सोधखोज गरेर फेरि पनि छलफल र बहस गर्न आउनुहोला । किनभने, अझै पनि २०२१ मा आएको भूमि सुधार ऐन गाउँगाउँमा पूर्णरुपमा लागू हुनुअघि राई भएका मान्छेहरु र उनीहरुका जेठो छोरोहरु जिउँदैछन् ।
१३, यसरी २०२१ मा आएको भूमि सुधार ऐन गाउँगाउँमा पूर्णरुपमा लागू हुनुअघि राई भएका हजारौं मान्छेहरुमध्ये संखुवासभा जिल्लाका दुर्गामणि देवान पनि एक हुनुहुन्छ । उहाँ खासमा याक्खा जातिका मानिस हुनुहुन्छ । अब उहाँ कसरी राई हुनु भो ? ‘महा गुइये’ राई सर राईनी म्याडमहरुले यो बारेमा राम्रोसँग सोधखोज गर्नु होला । उहाँलाई हाल काठमाण्डौमै भेट्न सकिन्छ ।
१४, यहाँहरु जस्तो आमाको गर्भमै सबै कुरो जानेर बुझेर आएको गर्भे बुद्धिजीवी, सर्वज्ञ अनि …. ले पक्कै पनि ‘दुर्गाहाङ याखाराई’का बारेमा सुन्नु÷पढ्नु भएकै होला ? उहाोले याक्खा भएर पनि राई किन लेख्नु भो ?
१५, २०६६ भदौमा संखुवासभा जिल्लाको साविक गुफापोखरी गाउँका २ सय ५० जनाभन्दा बढी राईहरु लिम्बु भएका थिए । किन ? किनकि उनीहरु असलियतमा वनेम थरका लिम्बु थिए । वास्तवमा राई मात्रै नभएर, सुब्बा, मुखिया, देवान, चौधराई आदि किनेर पाइने पद भएकैले जो पनि राई … सुब्बा, मुखिया, देवान हुन्थे । अतः ती लिम्बुका सन्तानहरु पनि त्यो बेला (विस १९३१/ ३२ ताका) राई भएका थिए । पछि आपूहरु लिम्बु हो भन्ने थाहा पाएपछि उनीहरु लिम्बु भएका थिए । के कुलुङ, बाहिङ लगयातका किरातीहरुले पनि आपूहरु राई होइन रहेछौं । कुलुङ रहेछौं, बाहिङ रहेछौं । त्यसैले विगतमा राई लेखेको भए तापनि अबदेखि कुलुङ लेख्छौं, बाहिङ लेख्छौं । आप्mनो असली पहिचानले चिनिदाँ झिँगाको टाउको त के भुसुनाको टाउको जत्रो नै किन हुनु नपरोस् ! यो उनीहरुको आत्मनिर्णयको अधिकार पनि त होला ?
१६, अर्को उदाहरण भनेको २०६४ मा भएको संविधानसभाको पहिलो निर्वाचनमा बाँके क्षेत्र नम्बर–२ बाट मोहम्मद इस्तियाक राई निर्वाचत भएर आएका थिए । के उनी पनि किरात राई नै हुन् ? त्यस्तै एमालेका केन्द्रीय सचिव पृथ्वी सुब्बा गुरुङले किन सुब्बा लेख्छन् ? के उनले सुब्बा लेखेकै आधारमा लिम्बुहरुले उनलाई तँ गुरुङ होइनस्, किनभने, तैँले नामको बीचमा ‘सुब्बा’ लेख्छस् । सुब्बा भनेको त लिम्बु हो । त्यसैले अब तँ गुरुङ होइन लिम्बु हुनुपर्छ भनी लिम्बुहरुले उर्दी जारी गरेमा के होला ?
१७, अहिले नै जिम्बाबेका प्रधानमन्त्री मोर्गान सुभाङ्गी राई, मंगोलियाका पूर्व प्रधानमन्त्री जस राई, भारतीय सिने उद्योगकी कलाकार, बेलायतका बाली राई (जो २०६२/०६३ को परिवर्तनपछि नेपालमा अंग्रेजी साहित्य लेखनबारे सिकाउन आएका थिए) भुटानका गर्जबहादुर गुरुङ, नेपालकै पनि डोल्पा जिल्लका रोकाया क्षेत्रीहरु, मकवानपुर, नुवाकोट, धादिङ, काभ्रेपलान्चोक आदि जिल्लाका दनुवारहरु किन र के कारणले राई लेख्न् वा आफूलाई दनुवार भनेर चिनाउँनुभन्दा कथित् राई ! भनेर चिनाउँदा चिनिदाँ गर्व गर्छन् ? यहाँहरु जस्तो आमाको गर्भमै सबै कुरो जानेर बुझेर आएको गर्भे बुद्धिजीवी, सर्वज्ञ अनि …. ले पक्कै पनि खोज–अनुसन्धान गर्नु होला भन्ने यो अकिञ्चन÷लाटोबुङो ! ले अपेक्षा गरेको छ ।
आज्ञे हजुरहरु जस्तो आमाको गर्भमै सबै कुरो जानेर बुझेर आएको गर्भे बुद्धिजीवी, सर्वज्ञ अनि …. राई सर राईनी म्याडहरुको जो आज्ञा, जो हुकुम !!!

 क्याटेगोरीः