वेद साहित्य हो


भिक्षु प्राणपुत्र

वेद साहित्य हो । वेद लेख्ने कविहरुको उल्लेख वेदमै गरिएको छ । यसर्थ इन्द्र मान्छे नै हुन्, कविला नायक (मोदनाथ प्रश्रित) । यो कुरा पनि वेदमै छ किनकि कुलितरको छोरा शम्बरसंग ४० वर्ष सम्म लडेको कुरा वेदमै छ । शम्बर त इतिहास हो, मान्छे नै हो । अनि इन्द्रले संस्कृत भाषा, जो आर्यको भाषा हो, बोल्थे । उन्को रौं दाह्री जुंगा समेत हरियो थियो, मोटो गर्धन थियो भनेर वेदमै लेखिएको छ । यसरी लेखिएको कुरालाई छोडेर मैले माथि भने झैं आध्यात्मिक र आधिदैविक ब्याख्याले वेदलाई अपौरुषेय बनाएको हो । आजको युगमा आएर यस्तो ब्याख्या विलकुलै मेल खादैन, वेद अपौरुषेय होइन । यस अघि एक जना मित्रसंग धेरै मन्त्रहरुको ब्याख्या र अर्थबारे विचार आदान प्रदान भयो । आखिर वहाँले “हुन त वेदलाई अध्ययन गर्दा बादलमा जे कल्पना गर्यो त्यही रुप देखिन्छ” भन्नु भएको र मैले यस अघि आध्यात्मिक र आधिभौतिक ब्याख्या गर्नु भनेको पनि त्यही हो भनिसकें ।

वेदको अन्त्य भनेको वेदान्त हो, अर्थात वेदलाई मण्डन गर्दै अहिले यो प्रस्थान त्रयीमा पुगेको हो । वेदका कतिपय कुराहरु कलिवज्र्य भइ सकेका छन्, अर्थात् वेदमा (वेद सम्पूर्ण शास्त्रको मुल भनाइ छ) पहिले भएको अहिले नभएको । अतः अव प्रस्थान त्रयी अर्थात ब्रह्मसूत्र, उपनिषद तथा गीता पढ्नुहुन हार्दिक आग्रह गर्दछु, धरै पनि पढ्नु पर्दैन छानेर दुईचार उपनिषद र वेदान्त दर्शन (गोरखपुरवाला नै पनि पढे हुन्छ, अझ बढि ब्याख्या भएको पढ्न चाहनु हुन्छ भने उदयवीर शास्त्रीको) पढ्नुहोस् । यो पढेपछी त्यहाँ कणाद आदि र आधुनिक विज्ञान सम्मत कुरालाई कसरी वेवास्ता गरेको छ त्यो छर्लंग थाहा लाग्छ ।

अतः इन्द्रलाई देवताहरुको राजा तथा आत्मा परमात्माको रुपमा ब्याख्या गर्नु भनेको आध्यात्मिक एवं आधिभौतिक ब्याख्या पद्घत्ति हो, जो माथि पनि लेखि सकेको छु । यदि तपाई उपर्युक्त आध्यात्मिक र आधिदैविक ब्याख्या नै सही हो भन्नुहुन्छ भने म विवादमा फस्न चाहन्न, अरुसंग (आर्यसमाजी तथा अन्य) पनि यसरीनै सौहार्दपूर्ण ढंगले छुटेको हुँ ।

सूर्यले पृथ्वी घुम्नु जस्ता वैदिक भनाइलाई आज कसैले स्विकार्दैनन् । वैदिक देवताको संख्यामा बढोत्तरी हुदै आखिर एकेश्वरवाद आदिबारे मैले यस अघिनै उल्लेख गरि सकें…। चिन्तन गर्नुहोस, अन्यथा नलिनुहोस् ।

 क्याटेगोरीः