पहिचानको आत्मालोचना : पवित्रको उम्मेदवारी, ससफोको रणनीति र नयाँ शक्तिको शक्ति


गौतम मानन्धर
चुनाब घोषणाको लगत्तै हाम्रो नेवाःराज्य प्राप्तिको मृगतृष्णा त टाढाको फल भो अब नजिक आएको चुनाबलाई उपयोग गर्नुपर्छ भन्ने निष्कर्षमा पुगें । कमसेकम मेयर पद एउटा हाम्रो पोल्टामा पार्न सके भोलि राज्य प्राप्तिको अभियानको लागि कोसेढुङ्गा साबित हुनेछ भन्ने सोच राखी म काठमाडौं महानगरपालिकामा एउटा बहुस्वीकार्य उम्मेद्वारको खोजीमा गएँ ।

 

त्यसैक्रममा एउटा कार्यक्रममा संघीय समाजवादी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठसँग भेट भयो । मैले उहाँसँग काठमाडौं उपत्यकाको पहिचान जोगाउनकै लागि भएपनि सम्पूर्ण नेवाःहरुले स्वकिार्ने एक उम्मेदवार उठाएर सबैको समर्थन लिएर जिताउने अभियान चलाउने कुरा राखें । उहाँले अहिलेको चुनावी राजनीतिमा स्वतन्त्र चिनो लिएर उठ्ने उम्मेदवारले जित्ने सम्भाबना न्यून छ भन्दै कुनै ठुलो दलसँग तालमेल नगरी जित्न कठिन हुने बताए । मैले एउटा यस्तो सबैलाई स्वीकार हुने एकजना उम्मेदवार ल्याएर यसको लागि दलहरुसँग तालमेल मिलाउने जिम्मा लिएँ ।

 

एकजना नेवाः पहिचानको मर्म बुझेका नेवार मेयर बनाउन नेवाः नेतृत्वमा लागेका सबैलाई एकै ठाउँमा ल्याउने जिम्मा लिएँ । एकदिन मेरै कोठामा बसी पद्मरत्न तुलाधर, प्रा. माणिकलाल श्रेष्ठ, मल्ल के सुन्दर दुर्गालाल श्रेष्ठ, भृगुराम श्रेष्ठ लगायतका सम्मानित व्यक्तिहरुलाई लिएर ६०, ६५ जनाको सूचि बनाउने काम भयो । सूचि बनाउन त सजिलो भयो तर त्यस्को २र३ हफ्तासम्म उहाँहरुलाई बैठकमा बोलाउने प्रकृया अघि बढेन । उम्मेद्बारी दिन दुई दिन बाँकि हँुदा बल्ल मेरै बैठकमा सबै नेवाः नेतृत्व र अभियन्ताहरुको भेला गर्ने काम भयो । मैले त मल्ल दाइनै बहुस्वीकार्य ब्यक्तित्वो हुनुहुन्छ भनेर प्रस्ताब राखेको थिएँ उहाले यो स्वीकार्नुभएन र कसलाई सबैको उम्मेदवार बनाउने भन्ने कुरा बिना निष्कर्ष भेला सकियो ।
त्यस्को भोलि पल्ट संघीय समाजवादी फोरम र नयाँ शक्तिका साझा उम्मेदवारका रुपमा पबित्र वज्राचार्यलाई उठाउने निधो भयो । बिना तयारी चुनाबको मुखैमा आएर गरेको त्यो निर्णय त्यतिको परिपक्को त थिएन तर समयाभाव र अन्य विकल्प पनि खोज्न नसकिने देखेर हामी चुनाबमा होमियौ ।
राजेन्द्र श्रेष्ठको तालमेल मुताबिक नयाँ शक्तिको शक्तिले उर्जा थप्ने छ र ससफोको आफ्नै फोर्स पनि छ भन्ने लागेको थियो । मैले त नयाँ शक्तिसँग मिल्नु झनै घातक हुन्छ भनेर त्यतिबेलै भनेको थिएँ । मलाई लागेको थियो बरु माओबादी केन्द्रसँग मिलेर गएको भए अलिकति फलदायी हुने थियो होला लागेको थियो किनकि जुन त्यतिखेर केन्द्र केही चर्चामा थियो ।
कस्तो बिडम्बना । न नेवाः नेताहरुलाई एकसुत्रमा बाँध्न हामीसँग समय थियो न उनीहरु प्रचारप्रसारमा लागे । दुइटै पार्टीका कार्यकर्तामा चुनावको प्रचारमा कतै कुनै जोश जाँगर देखिएन ।

 

चुनावको दिन पनि एकाध ठाउँमा बाहके पोलिङ एजेन्ट बस्नेसम्म पनि कार्यकर्ता देखिएन । ससफो र नयाशक्तिका थुप्रै कार्यकर्ताहरु मैदानमा उत्रनेछ भन्ने सोचेको त कहीँ कतै चुँ बोल्नेसम्म पनि कार्यकर्ता देखिएनन् । नयाँ बस्ती त नयाँ नै भयो, कोर एरियामा समेत पबित्रको पक्षमा प्रचारप्रसार गर्ने कोही कार्यकर्ता भेटिएन जबकि एमाले र कांग्रेसको जताततै भोज भतेर धुमधामसँग चल्दै थियो । कोर एरियाको दुई चार वडामा बाहेक “पबित्र“ भन्ने कुन चराको नाम हो भन्नेसम्म पनि मतदाताहरुलाई थाहा हुन पाएन । न कार्यकर्ता, न प्रचारसामाग्री न कुनै पुर्ब तयारी — पार्टीले सहयोग नगर्ने हो भने के हामीले पबित्रलाई बलिको बोका बनाउनैको लागि उठाएका थियौं ? उता पहिचान बिरोधी एमाले तामझामका साथ झ्याइँझ्याइँ गरिरहदा हामी पहिचानबादीले एकजोर बाजाको समेत ब्यबस्था गर्न सकेनौं । यो कसको कमजोरी हो ?
अब आएर थाहा पाइयो कसको शक्ति कति रहेछ भनेर । त्यत्तिकै एमाले हाकिमले आदिवासी जनजातिहरुको आन्दोलनलाई माकः फुइहरु भनेको हैन रहेछ । यो कमजोरी ससफो वा नयाँ शक्तिको कि हामी निरिह नेवाःहरुको ? ससफो र नयाँ शक्तिको आशमा चुनावमा होमिएर हातमा लागेको यो “सुन्ना“ धेरै अर्थपूर्ण र शिक्षयाप्रद छ पहिचानको आन्दोलनमा लागेका नेवाःहरुको लागि ।

चुनाव जित्नको लागि पार्टी मात्रै सबथोक होइन भन्नेको प्रमाण हो यो । मनी, मसल र मेकानिज्म सहितको नेतृत्व नभैकन कुनैपनि नामधारी पार्टी र चिन्हले मात्र काम गर्दैन रहेछ भन्ने ठुलो शिक्षा दियो यो साझा उम्मेदवारको प्रकरणले । हैन भने क्यामरा र इस्टकोटले मशालले भन्दा किन धेरै भोट ल्याउनसक्यो ? कसले जवाफ दिने??
सहयात्री बन्धुहरुलाई पचोस् नपचोस् एउटा कुरा यहाँ भन्नै पर्छ मैले । पहिचान पक्षधर संघीय समाजबादी पार्टीले जुनदिन फोरमसँग सहकार्य गर्यो त्यो दिनदेखि काठमाडौंबासीले ससफोलाई मन पराएनन् । जत्तिसुकै पबित्र हाम्रो मान्छे हो भनी चिच्याउदा पनि यहाँका नेवाःहरुले पत्याएनन् । अनि अर्कोतिर नयााशक्ति नामधारी भट्टराईलाई त यहाँका नेवाःहरु आफ्नो बिनास गर्ने गोमन झै सम्झन्छन् ।

 

कस्तो बिडम्बना । अनि कहाँबाट स्वतन्त्र नेवाःहरुको भोट पबित्रलाई खसोस् त ? यसरी हतार हतारमा बिना तयारी र नेवाःहरुको मनोविज्ञानलाई बुझ्न नसक्दा नेवारहरुका साझा उम्मेदवार पवित्रले शर्मनाक हार ब्यहोर्न बाध्य हुने भएको छ । अब यस चुनावबाट अर्को चुनाबको लागि पाठ सिकौ, जसजसले गल्ती गरेको हो सबैले आत्मालोचना गरौं र सुझबुझका साथ अघि बढौं ।

 क्याटेगोरीः